मनोरञ्जन

प्रेममा अडिएको सृष्टि



काठमाडौं १४ फागुन । प्रेम संसार, प्रेम जीवन, प्रेममा अडिएको सृष्टि, जहाँ भगवानदेखि मान्छे, मान्छेमा मात्रै नभएर पशु पन्छी होस् या सजीव सबैलाई चाहिने अति आवश्यक कुरा भनेकै माया अर्थात प्रेम हो । माया प्रेम कै कुरा गर्नुपर्दा, नेपाली गीत, सङ्गीत र सञ्चार क्षेत्रमा धेरै समयदेखि निरन्तर लाग्दै आएकी गायिका योजना पुरीको स्वरमा कवि, गीतकार एवम् साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’को रचनामा राम कार्कीको एरेन्ज तथा सङ्गीत रहेको ‘आउन माया बसी देऊ यो दिलमा तिम्रै लागि साँच्या छु जोवन’ बोलको मायामा अल्झिएर नयाँ संसारको कल्पनामा हराउने मनमा सपनाहरू देख्ने हृदय स्पर्सी गीतको भिडियो सार्वजनिक भएको छ ।राजु श्रेष्ठले निर्देशन गरेको गीतको भिडियोमा सुपा खनाल र सुरेन्द्र महर्जनको अभिनय रहेको छ । उक्त गीत युवा पुस्तालाई लक्षित गरेर बजारमा ल्याइएको स्रजकले बताएका छन् । आम दर्शक एवम् स्रोताको धुकधुकी बन्न सक्ने रचनाकारले बताए । सुरेश बज्राचार्यको छायाँकन तथा सम्पादन रहेको गीतको भिडियोमा मनिषा भट्टराईको श्रृङ्गार रहेको छ । भिडियो अपसराज एवम् अमर सङ्गको प्रस्तुतिमा स्रोता÷दर्शकमाझ आएको हो  ।

प्रकाशित : १४ फाल्गुन २०७६, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६