समाचार

सैनिक अस्पताललाई महानगरको डेढ करोड



काठमाडौं १४ फाल्गुन । काठमाडौं महानगरपालिकाले वीरेन्द्र सैनिक अस्पताललाई डेढ करोड रुपैयाँ उपलब्ध गराएको छ । महानगरपालिकाको सहयोगमा अस्पतालले गत ७ माघबाट हेमोडाइलाइसिस सेवा सुरु गरेको छ । सो सेवालाई दिगो बनाउन महानगरले एक करोड ५० लाख अनुदान दिएको हो ।महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले मंगलबार सहायक रथी सागरबहादुर केसीलाई चेक हस्तान्तरण गरका हुन् । महानगरको अनुदानमा सञ्चालित हेमोडाइलाइसिस सेवा महानगरवासी र महानगरका कर्मचारीले निःशुल्क पाउने छन् । सेवा प्राप्त गर्नका लागि महानगरपालिकाको जनस्वास्थ्य विभागबाट सिफारिस लिनुपर्ने अस्पतालले जनाएको छ । 

प्रकाशित : १४ फाल्गुन २०७६, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६