समाचार

बुटवलमा प्रदेशभरका भूतपूर्व सैनिक जुटेर के गर्दै छन् ? प्रधानसेनापति थापाले के निर्देशन दिए ?



बुटवल १५  फागुन । बुटवलस्थित रामनगर ब्यारेकमा बुधवार भूतपूर्व सैनिक सम्मेलन सम्पन्न भएको छ । उक्त सम्मेलनलाई सम्बोधन गर्दै नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापाले सेनाहरुको अवकास पछिको जीवनलाई उर्जाशील बनाउन आग्रह गर्नुभयो । उहाँले सैनिक कल्याणकारीका अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनासहित अधिकतम संख्यामा बहालवाला तथा अवकासप्राप्त सैनिक एवं परिवारलाई सुविधा प्रदान गर्ने विविध कल्याणकारी कार्यक्रमहरु ल्याउन सरकारसँग समन्वय र स्विकृती लिई अगाडि बढाइने नीति लिएको समेत बताउनु भयो ।  

            अवकास प्राप्त सैनिकहरुले विगतमा पु¥याएकोे सेवा र समर्पणको सम्मान गर्दै सामाजिक आर्थिक स्तर उकास्ने तर्फ नेपाली सेना केन्द्रित भएको प्रधान सेनापति थापाले उल्लेख गर्नुभयो । नेपाली सेनाद्वारा संचालित विविध कल्याणकारी कार्यहरुको जानकारी गराई समायानुकुल सुधारको लागि थप राय सुझावहरु संकलन गर्ने उद्देश्यका साथ उक्त सम्मेलनको आयोजना गरिएकोप्रति उहाँले धन्यवाद ज्ञापन गर्नुभयो । 

            प्रधानसेनापति थापाले सम्मेलनमा सहभागीहरुसँग भेटघाट गर्नुका साथै जिल्ला, प्रदेश तथा एकल महिलाको प्रतिनिधित्व हुने गरी सम्मलेनका सहभागीहरुसँग सामुहिक छलफल तथा अन्तरक्रिया समेत गर्नुभएको हो ।‘शिक्षा, स्वास्थ्य, सुविधा र स्वरोजगार अनि आत्मसम्मान तथा समृद्धिको आधार’ भन्ने मूल नाराका साथ शुरु भएको उक्त सम्मेलनमा रुपन्देही लगायत जिल्लामा बसोबास गर्ने नेपाली सेनाका भूतपूर्व सैनिकहरु तथा परिवारहरुको सहभागीता रहेको थियो ।

         सम्मेलनकै क्रममा विभिन्न युनिटहरुले स्थान विशेषको झाँकी, खुकुरी नृत्य, तेक्वान्दो, मार्चपास तथा मास पिटी लगायत युद्धकालिन झल्किने साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।   सम्मेलनमा नेपाली सेना कल्याणकारी बोर्ड र नेपाल इन्भेष्टमेण्ट बैंकको सहकार्यमा सञ्चालित लघुवित्त कार्यक्रमका ऋणीहरुलाई चेक हस्तान्तरण तथा सर्वोत्कृष्ट व्यवसायीहरुलाई प्रशंसापत्र एवम् पुरस्कार वितरण भएको थियो । त्यसैगरी फरक क्षमता भएका भूतपूर्व सैनिक तथा परिवारहरुलाई व्हिल चियर वितरण गरिएको थियो ।भूतपूर्व सैनिक तथा निवृत्तभरणमा रहेका परिवारजनहरुको सहभागिता तथा नेपाली सेनाको ब्यवस्थापनमा उक्त एक दिने सम्मेलन रुपन्देहीको बुटवलस्थित रामनगर व्यारेकमा सम्मेलन सम्पन्न भएको हो ।

प्रकाशित : १५ फाल्गुन २०७६, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६