कपिलवस्तु १५ फाल्गुन । १५ फागुन नेपाल मगर संघको स्थापना भएको दिनको रुपमा मगर समुदायले मगर एकता तथा मगर दिवस मनाउदै आइएको छ । २०३९ साल फागुन १५ गते नेपाल लाङघालि परिवार संघको प्रथम अधिबेसन सम्पन्न भएको सम्झनामा मनाउन थालिएको लाङघालि दिवस को दिनलाई नै २०४० सालबाट नेपाल मगर संघ तथा अन्य मगर समुदायसम्बन्धी संघसंस्थाहरुले मगर दिवस को रुपमा मनाउदै आएका छन् । यो दिवसलाई कपिलवस्तु सहित देशभरि नै हर्षोल्लासका साथ मनाईदैँ छ । इतिहास, भाषा, सास्कृतिक संरक्षण र सम्बद्धन मगरहरुको मूलमन्त्र । जातीय पहिचान, स्वायत्त शासन सहितको संघीय लोकतान्त्रिक गणतन्त्र भन्ने मूल नारा बोकेको नेपाल मगर संघले आज देश विदेशमा मगर एकताको दिवस मनाउंदैछ । विश्वभरि छरिएर बसोबास गर्दै आएका मगर समुदायले आफ्नो पहिचानलाई जोगाउनुका साथै एकताको मालामा गास्ने दिनका रुपमा मगर दिवस मनाउन थालीएको स्थानिय मिना राना गाहाले बताउनुभयो ।
त्यति मात्र नभई यो दिवसले सम्पूर्ण नेपालीहरुमा आपसी मित्रता, भाइचारा, बन्धुत्व, सद्भाव र सहिष्णुताको साथै मगर एकता सधैं कायम रहिरहोस् भन्ने उद्देश्य बोकेर अगाडि बढेको गाहाको भनाई छ । आफ्नै पुख्यौली थातथलो जातीय भूमि मगरात मगर जातीयले बोलिने तीन वटा मातृभाषा ढुट, खाम वा पाङ र काइके,मगर जातीको धर्म प्रकृति पुजक, बौद्ध मगर जातीको मौलिक संस्कार, संस्कृति, कला,भाषा बोकेको बहुआयामिक पहिचान जसको आफ्नै सरल मगराँती जीवनशैली छ । जसलाई नेपालका आदिबासी मुलबासी मंगोल वा मगर जाती समुदायको रुपमा चिनिदै आएर्को छ । आफ्नो मौलिक संस्कार, संस्कृति, कला, भाषा बोकेको मगर जातीको एकताको दिवस नै मगर दिवस भनेर चिनिदै नेपाल मगर विधार्थी सघंका सुमन थापाको भनाई छ ।
नेपालमा रहेका विभिन्न जातजातिहरुको आ आफ्नै पहिचान र अस्त्तिव बोकेको छ जसलाई दिर्घकालिन पहिचान दिन र राष्टूको पहिचान बनाउन आज सबै जातजातिहरु आफ्नो जातीलाई सचेत बनाउदै संगठीत हुंदै गईरहेको छ । जसमा मगर समुदाय पनि एक हो । जसले आफ्नो जातीय पहिचान र इतिहासलाई राज्यको निर्णायकतहमा पुराउन खोज्दैछ । नेपाल मगर संघ देशकै तेस्रो ठूलो जातीय संगठन हो । त्यसमध्ये आदिबासी जनजातिहरु मध्ये सबै भन्दा ठूलो संघ नेपाल मगर संघ हो । जसको आफ्नै पहिचान छ । जसले नेपालको आर्थिक, राजनीतिक, तथा सामाजिक क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्दै समग्र राष्ट्रको विकास निर्माणमा टेवा पुराउंदै आएको छ । मगर जातीको विशेषता भनेको सोझो, मेहनती, इमान्दारी, देशभक्ति, कर्मठ, विश्वासीलो हुन्छन् । नेपालमा संख्यात्मक हिसाबले हेर्दा पनि मगरहरु नै जनसंख्या भएको ठूलो समुदाय हो ।
प्रतिक्रिया