समाचार

३८ औँ राष्ट्रिय मगर एकता तथा स्थापना दिवस कञ्चनमा पनि,गाउपालिकाका अध्यक्ष क्षेत्रीद्धारा उद्धघाटन


१५ फाल्गुन २०७६, बिहिबार


 फागुन  १५ कञ्चन । नेपाल मगर संघ कञ्चन गाउ कार्यसमितिले फागुन १५ गते ३८ औँ राष्ट्रिय मगर एकता तथा स्थापना दिवस विभिन्न कार्यक्रम गरि भब्य रुपमा मनाउँदै  छ । ३८ औँ राष्ट्रिय मगर एकता तथा स्थापना दिवसको बिशेष कार्यक्रमको उद्धघाटन कञ्चन गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले गर्नुभएको छ । कञ्चन गाउपालिका स्तरिय पुरुष भलिबल प्रतियोगिता,एकल नृत्य प्रतियोगिता तथा संस्थागत समूह नृत्य प्रतियोगिता सहित राष्ट्रिय तथा स्थानिय कलाकारहरुको समेत बिशेष सांगितिक कार्यक्रम सहित मनाउन लागि रहेको मगर एकता तथा स्थापना दिवस कञ्चन गाउपालिका वार्ड नं. २ गजेडीको फुटवल मैदानमा मनाइन लागेको हो । कार्यक्रममा मगर कला र संस्कृति झल्किने बिभिन्न सांस्कृतिक झांकी तथा खानाका परिकार समेत प्रदर्शनमा राखिने र मगर जातीको जातिय पहिचान,मगर कला र संस्कृतिको संरक्षण र प्रबद्र्धन गर्न नयां पुस्ता र अन्य जाती समुदायमामा समेत परिचित गराउन हरेक बर्ष फागुन १५ गते मगर एकता तथा स्थापना दिवस मनाइदै आएको नेपाल मगर संघ,कञ्चन गाउकार्य समितिका सचिव देब बहादुर थापा मगरले बताउनु भएको छ ।राष्ट्रिय मगर एकता तथा स्थापना दिवसको अवसरमा कञ्चन गाउपालिका स्तरिय पुरुष भलिवल प्रतियाृगिताका लागि १० टिमले प्रतिस्पर्धा गर्ने छन भने एकल नृत्य प्रतियोगिताका लागि १३ जना नृत्यांगानाहरुले सहभागिता जनाउने सचिव देब बहादुर थापा मगरले बताउनु भएको छ ।त्यस्तै भोलीकै कार्यक्रममा बिभिन्न आमा समूहरुले समूहगत नृत्य प्रतियोगितामा सहभागिता जनाई कार्यक्रमलाई थप आकर्षक बनाउने आयोजकले जनाएको छ।

प्रकाशित : १५ फाल्गुन २०७६, बिहिबार

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे