कपिलवस्तु १५ फागुन । कपिलवस्तुको वाणगंगा नगरपालिकाले हरेक महिनाको १५ र १ गते ‘म सफा गर्छु मेरो नगर’ अभियानलाई निरन्तरता दिईरहेको छ । यसैक्रममा विहिवार फागुन १५ का दिन पनि बाणगंगा नगरपालिकाले वडा नम्बर ९ मा सरसफाई अभियान चलाएको छ । सरसफाईका क्रममा बिभिन्न पसल अगाडी रहेका फोहर, भल्वार्ड बजारको आसपास बाटो किनारका बिभिन्न कागज, झाडीहरुमा सरसफाई गरिए सम्पन्न भएको छ । समृद्ध बाणगंगाको मुलआधार कृषि, पर्यटन, वातावरण, पुर्वाधार र रोजगार भन्ने मुल नाराका चलाइएको अभियानमा नगर प्रमुख मंगल प्रसाद थारु, सामाजिक विकास समितिका अध्यक्ष भिष्मराज भुषाल, स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेल, वर्डा स्वास्थ्य शाखाका प्रमुख जित विकास रायमाजि, टोलविकास संस्थाका अध्यक्ष , समाजसेवी , बुद्धिजिवी, महिला समुह दर्जन बढी सामाजिक अगुवा सरिक हुनुभएको थियो । वडा नम्बर ९ का अध्यक्ष ध्रुव बेल्बासेको अध्यक्ष्तामा भएको कार्यक्रमको सञ्चालन अध्यक्षतामा भएको कार्यकमको सञ्चालन वाणगंगा स्वास्थ्य शाखा सहंयोजक भक्तिराम पाण्डेले गर्नु भएको थियो ।
१५ फाल्गुन २०७६, बिहिबार
प्रतिक्रिया