समाचार

भ्रष्टाचारको अखडा यशोधरा गाउँपालिका : अध्यक्ष र हाकिमले गरे लेखा विरुद्ध आन्दोलन



कपिलवस्तु, १५ फागुन स्थानीय तहमा सुशासन कायम गर्न खोज्ने कर्मचारीलाई त्यहाको निर्वाचित जनप्रतिनिधी तथा प्रशासकिय प्रमुखले पुरस्कार र हौसला दिने गर्दछन् । सम्मान पाउछन् । स्थानीय तह व्यवस्थित चल्छन् । तर लामो समय देखि कर्मचारी तर्साउदै, धम्क्याउदै, फकाउदै र मिलाउदै गरेका जनप्रतिधि एक्कासी सुशासन तथा व्यवस्थित तरिकाबाट जान खोजेपछि गासमा ढुंगो हुने कुरा जायजै हो । जिल्लाको निकै विवादित रहदै आएको यशोधरा गाउँपालिका यसको ज्वलन्त उदाहरण बनेको छ । आफु अनुकुलका बिलहरु भुक्तानी नगरेको र नियम विपरितका पेश्कीहरु नपाएको भन्दै जनप्रतिनिधीहरुले फागुन ६ गतेबाट लेखा प्रमुखको कार्यकक्षमा ताला लगाएका छन् । त्यो पनि गाउँपालिका अध्यक्ष गिरिजेश पाण्डे र प्रशासकिय अधिकृत रामचन्द्र ढकालको निर्देशनमा । 

गाउँपालिकामा कार्यरत कर्मचारी अब्दुल सलामले किनेको ४५ हजारको मोबाइलको बिल भुक्तान गर्न लेखा प्रमुख निराजन लम्सालले दिन मानेनन् । लगत्तै गाउँ कार्र्यपालिका बैठकले लेखा शाखा विरुद्ध आन्दोलनको लिखित निर्णय गर्दै कार्यकक्षमा तालाबन्दी गर्यो । सोहि दिन लेखा प्रमुख निराजन लम्साललाई सरुवा गर्न भन्दै गाउँपालिका अध्यक्षको अध्यक्षतामा बैठक बस्यो । जसको सदस्य सचिव संघिय कर्मचारी प्रशासकिय अधिकृत रामचन्द्र ढकाल हुन् । आफ्नै कर्मचारी विरुद्ध आन्दोलनमा उत्रिएका उनको त्ययो कदम निजामती कर्मचारी प्रशासन ऐन विपरित छ । तर गाउँपालिका अध्यक्ष र आफ्नो सेटिङ्गमा हुने दर्जनौ अवैध भुक्तानीमा तगारो बनेपछि ढकाल लेखा प्रमुख सरुवा गर्न कस्सिएका हुन् । 

विशेष गरि गाउँपालिकाले विनियोजन गरेको हेण्डपम्प वितरणको २५ लाख र सोलार बत्तिको ३० लाख बजेट कोटेशन मार्फत आफ्नो निकटकलाई कमिशन लिएर दिने गाउँपालिका अध्यक्ष गिरिजेश पाण्डे र प्रमुख प्रशासकिय अधिकृत रामचन्द्र ढकालको योजनामा लेखा प्रमुख लम्सालले अवरोध गरेपछि विवाद चुलिएको हो । आ.ब. ०७६÷७७ मा विनियोजित उक्त बजेटका साथै प्रत्येक वडाले पनि हेण्डपम्प वितरणमा ५/५ लाख बजेट छुट्याएका छन्  । लेखा प्रमुख लम्सालले सार्वजनिक खरिद ऐन अन्र्तगत ५ लाख देखि २० लाख सम्मको योजना शिलबन्दी र २० लाख भन्दा माथिको योजना टेन्डर नगरे सम्म खरिद प्रक्रिया अघि नबढाउने अडान लिएपछि उनलाई हटाउन जनप्रतिनिधी देखि कर्मचारी सम्म लागिपरेका हुन् । प्रशासकिय अधिकृत ढकाल आफै लेखाअधिकृतको सरुवा गराउने निर्णयमा हस्ताक्षर गरेर सरुवा गराउन लबिङ्ग गरेको बताइएको छ । 

गाउँपालिकामा विगतमा हुदै आएको अनावश्यक भ्रमण आदेश, किर्ते इन्धन भुक्तानी, उपचार खर्चको नाममा अनावश्यक भुक्तानी, ज्यालादारी कर्मचारीलाई स्थायी सरह स्थानीय तह भत्ता दिने र काम नगर्र्ने कर्मचारीहरुलाई शत प्रतिशत भुक्तानी दिने जस्ता लगत प्रवृत्ति लम्सालले रोक्दै आएका छन् । 

गाउँपालिकाले गत आ.ब.मा पनि १ करोड बढिको हेण्डपम्प वितरण गरेको थियो । ती हैण्डपम्प वितरणका लागि २० वटा कोटेशन एउटै ब्यापारीका विभिन्न फर्मबाट गाउँपालिकाले खरिद गरेको थियो । ठाडो बिलका आधारमा भुक्तानी गरिएपनि गाउँपालिका भरि २० वटा हेण्डपम्प पनि नगाडिएको स्थानीयहरु बताउछन् ।  करोडौको हैण्डपम्प खरिद तथा ५ लाखको डेलिभरी पाइप खरिद सम्बन्धि कागजातको प्रमाणित छायाँकपी गत बैशाख जेष्ठमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले छापा मारी लगेकोमा हाल सम्म कुनै अनुसन्धान प्रक्रिया अघि बढाएको छैन ।  

      यति मात्रै होइन गत जेष्ठमा संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयले लोकसेवा विज्ञापनका लागि माग आकृति संकलन गर्दा माग फारमनै पठाउन बाट रोकेका पाण्डेयले करार र ज्यालादारीमा आफ्ना मान्छे भर्ना गरी गाउँपालिकामा घेराबन्दी नै गरेका एकजना कर्मचारीले नाम नबताउने शर्तमा बताए । त्यति मात्र नभइ लम्सालले तलबी प्रतिवेदन पारित नगरी तलब खर्च लेख्न नमिल्ने हुँदा प्रशासनका कर्मचारीलाइ विगत ३ महिना देखि दरबन्दीको अवस्था बारे प्रतिवेदन गर्न आग्रह गरेपनि अध्यक्षकै निर्देशनमा निजले लेखालाइ असहयोग गर्दे आएका छन् । प्रमुख ढकाल र अध्यक्षले आफुलाई हाजिर समेत नगराउन निर्देशन दिएको पीडितले बताउनुभयो । 

१७ बर्ष देखिका जुका : 

तत्कालिन जिल्ला शिक्षा कार्यालयमा खरिदार हुदै विभिन्न निकाय चर्हार्दै अहिले यशोधरा गाउँपालिका प्रमुख प्रशासकिय अधिकृतको रुपमा खटिएका रामचन्द्र ढकाल कपिलवस्तुमा १७ बर्ष देखि जुका झै चप्किएका छन् । पटक–पटक भ्रष्टाचार र कमिशनको आरोप लागेका उनी अन्य जिल्ला जानै चाहदैनन् । कपिलवस्तुकै मायादेवी गाउँपालिकमा रहेर भ्रष्टाचारी छबि बनाएका ढकाललाई उपाध्यक्ष  गिता तिवारीले भ्रष्ट भन्दै चप्पलले समेत हानेकी थिइन् । प्रत्येक योजनामा कमिशन माग्ने ढकालले संचारकर्मी सँग पनि रकम माग गर्दा विवादमा परेपछि मन्त्रालयले कपिलवस्तुकै विजयनगरमा सरुवा गरेको थियो । तर गाउँपालिकाले भ्रष्ट कर्मचारी हाजिर नगराउने भन्दै रोकेपछि उनलाई नवलपरासीको बुलिगटार नगरपालिकामा सरुवा गरेको थियो ।

        सरुवा भएपनि जिल्लामै बसेर सेटिङ्गमा यशोधरा गाउँपालिका आएका ढकाल गाउपालिका अध्यक्ष बीच आर्थिक हिनामिना गर्न केमेष्ट्री मिलेपछि लेखा प्रमुखलाई हटाउन जनप्रतिनिधी उचाल्ने प्रमुख पात्र हुन् । वडाध्यक्षहरुले ताल्चा लगाउदा प्रशासनमा जानकारी नगराइ ,कार्यपालिका बैठकमा लम्साल बिरुद्ध प्रस्ताव पेश गरी कर्मचारी विरुद्ध जिल्ला प्रशासन कार्यालयमा डेलिगेशन जाने उनले निजामति कर्मचारी प्रशासन ऐन विपरित अनुशासन र नैतिक आचरण विरुद्ध क्रियाकलाप गरेको कर्मचारीहरु बताउछन् । एउटा निजामति कर्मचारी जसको स्थायी घर समेत कपिलवस्तुमा छैन उ पटक पटक तिरस्कृत भएर पनि बस्न खोज्नु भ्रष्टाचार मौलाएको क्षेत्र प्रतिको मोह भन्ने बुझिन्छ । सामान्य परिवारका ढकाल संग बुटवल र पोखरामा भएका अकुत चल अचल सम्पत्ति समेत छानबिन गर्न कर्मचारीहरुले माग गरेका छन् । 

प्रकाशित : १५ फाल्गुन २०७६, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६