चन्द्रौटा१६ फागुन ।कपिलवस्तुको कृष्णनगर बाट लागुऔषध चरेस सहित तीन जना महिला पक्राउ परेका छन् । कृष्णनगर बजारवाट बुधवार राति भारत जादैँ गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सुचना अधिकारी डिएसपि सुनिल मल्लले जानकारी दिनु भयो । उनीहरुको साथवाट साढे ७ किलो चरेश बरामद गरिएको ईलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरि निरिक्षक प्रताप पौडेलले बताउनुभयो । पक्राउ पर्नेमा कपिलवस्तुकै शिवराज नगरपालिका वडा नं ९ विजौरी बस्ने योजना न्यौपाने, सोहि ठाउँ बस्ने शुष्मा रोका मगर र दाङको लमही बस्ने मिना कुमारी घर्ति रहेको उहाँले जनाउनुभयो । पक्राउ गरेका तिनै जनालाई अदालतवाट १० दिनको म्याद थप गरि अनुसन्धान भइरहेको छ ।
१६ फाल्गुन २०७६, शुक्रबार
प्रतिक्रिया