समाचार

लागु पदार्थ दुव्र्यसन न्युनिकरण गर्न सरोकारवालाहरु सचेत हुनु पर्ने



 कपिलवस्तु १७ फागुन । कपिलवस्तुको वाणगंगा नगरपालीका वडा नं ११ मा लागु पदार्थ र्दुव्यसनि न्युनिकरण तथा ट्राफिक सचेतना विषयक कार्यक्रम सम्पन्न भएको छ । सो अवसरमा नगरका प्रमुख मंगल प्रसाद थारुले लागु पदार्थले सेवनले व्यक्तिको मानिसिक, शारिरिक संगै सामाजिक आर्थिक रुपमा असर पार्ने कुरा जोड दिनु भएको थियो । उहाँले लागुपदार्थ न्युनिकरण गर्न सवै पक्ष एक हुनुपर्ने विचार व्यक्त गर्नु भयो । सोहि अवसरमा बोल्दै इलाका प्रहरी कार्यलय पिपराका प्रहरी निरिक्षक आयुष प्रसाद जोसिले दुर्घटनाको मुख्य कारण सडक व्यवस्थापन भन्दा चालकको लापरवाहिले रहेको र यसको न्युनिकरणका लागि आफुहरु अघि वढेको वताउनु भयो । समाजमो युवाहरु बढी मात्रमा लागु पदार्थ दुव्र्यसनीमा लाग्ने गरेको भन्दै यसको निरुत्साहीत गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा वडा अध्यक्ष सोमनाथ अर्याल, नगरका शिक्षा शाखा प्रमुख बाबुराम भटराई, हथौसा लिटिल स्टार बोडिङग स्कुलका प्रिन्सिपल सुन्दर पाण्डे, ओदारी माविका प्र अ सुभाखर भुषाल, नर्बे जिनका शिक्षक सेलि,  सिद्धार्थ सामाजिक विकास केन्द्र संयोजक आर टि खान लगाएतले आ आफ्नो भनाई राख्नु भएको थियो । विभिन्न सरोकारवाला निकायहरुको सहकार्यमा संचालीत कार्यक्रममा राजेश आस्था फाउण्डेशनका दृष्टि राना, नविन राना, अजुन कार्की र विक्रम खाणँले लागुपदार्थ भनेको केहो ? कसरी यसबाट बच्न सकिन्छ लगायतको विषयमा सहजीकरण गर्नु भएको कार्यक्रम लक्ष्मण कडेलको अध्यक्षता, तोलाकान्त डुम्रेको स्वागत शिक्षक रमेश पौडेलको संचालन सम्पन्न भएको थियो । श्री ओदारी मावि ओदारी, श्री एकाइलार्क बोडिङग स्कुल ओेदारी र श्री हथौसा लिटिल स्टार बोडिङग ओदारीको आयोजनामा भएको कार्यक्रमको समन्वय बाणगंगा नगारपालिका वडा नम्बर ११ हथौसाको रहेको छ भने विभिन्न संघंसस्थाको सहयोग रहेको छ । कार्यक्रमै विद्यालय उमेर समुहका बालबालिकालाई लागुपदार्थ दुव्र्यशनीको लतवाट जोगाउन अनुगमन समिति पनि बनेको छ ।

प्रकाशित : १७ फाल्गुन २०७६, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६