अर्घाखाँची १८ फाल्गुन । नेकपाका केन्द्रिय सदस्य तथा युवासंघका ईन्चार्ज महेश बस्नेतले केहि बुदा परिमार्जन गरेर मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) पारित हुने बताएका छन् । उनले एमसिसीको बारेमा नेकपाको प्रष्ट धारणा छ । यो जनता र राजयका पक्षमा भएकाले यसलाइ पास गर्नु पर्छ । अर्घाखाँचीमा भएको पत्रकार सम्मेलनमा बोल्दै पुर्ब मन्त्री समेत रहेका नेता बस्नेतले देशलाई समृद्धि बनाउने पक्षमा बर्तमान सरकार लागेको बताए ।
नयाँ नयाँ योजनाका साथ सरकार अगाडी बढेको र सरकारको गतिविधि देखेर प्रतिपक्षहरु आत्तिएको आरोप लगाए । गोकुल बास्कोटाको अडियो प्रकरणबारे उनले दोषि भएमा कोहि उम्किन नसक्ने बताउदै अन्तराष्ट्रिय स्तरमै चलेको कमिसनका बारेमा अहिले सम्म कानून नबनेको बताउदै कानून बनाएर अघि बढ्नु पर्ने बताएका छन् । आजको सुचना प्रविधि युगमा दुरुपयोग गर्न फेशबुक पेज बनाएर लाखौ लाख लाइक पेज बनाएर साना साना घटना लाइ ठुलो बनाएर पछिल्लो समय नकारात्मक शन्देश फैलाएको र सरकारले गरेका राम्रा काम लाइ कम प्रचार गरीएको उनले बताएका छन् । युवा संघका केन्द्रिय संयोजक राम प्रसाद सापकोटाले कम्युनिष्ट पाटीको एकता पछि बनेको नेकपाले जनताको अभिमत अनुसारनै काम गर्ने बताए ।
प्रतिक्रिया