समाचार

सामाजिक सुरक्षा योजना विषयक एक दिवसीय अन्तरक्र्रिया कार्यक्रम सम्पन्न



बुटवल १७ फागुन । नेपाल उद्योग परिसंघ, रुपन्देही उद्योग संघ र अन्तर्राष्ट्रिय श्रम संगठनको संयुक्त  आयोजनामा बुटवलमा प्रदेश नंं. ५ का औद्योगिक सम्भावना र चुनौति तथा योगदानमा आधारित सामाजिक सुरक्षा योजना विषयक एक दिवसीय अन्तरक्र्रिया कार्यक्रम सम्पन्न भएको छ ।  नेपाल उद्योग परिसंघ प्रदेश ५ का संयोजक एजाज आलमको अध्यक्षता र सामाजिक सुरक्षा कोषका कार्यकारी प्रमुख कपिलमणी ज्ञवालीको प्रमुख आतिथ्यतामा अन्तरक्र्रिया कार्यक्रम सम्पन्न भएको हो । ५ नं. प्रदेश अन्तर्गत रुपन्देही, पाल्पा, गुल्मी, नवलपरासी, कपिलवस्तु लगायतका जिल्लाहरुबाट सहभागी उद्योगी व्यवसायी एवं विभिन्न श्रम संगठनका अग्रजहरुको सहभागितामा सम्पन्न कार्यक्रममा प्रदेशका औद्योगिक सम्भावना, उद्योगीले सामना गर्नु परेका चुनौती र वर्तमान औद्योगिक वस्तुस्थितिका बारेमा औद्योगिक व्यवसाय विकास प्रतिष्ठान बुटवलका कार्यालय प्रमुख मुकुन्द ज्ञवालीले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो भने सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कपिलमणी ज्ञवालीले सामाजिक सुरक्षा योजना, सोका फाइदाहरु र प्रभावहरु सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्नु भएका थियो ।

          कार्यक्रममा रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोराले सामाजिक सुरक्षा योजना प्रभावकारी र उपयोगी हुँदाहुँदै पनि सहभागिता सन्तोषजनक हुन नसकेको जनाउँदै प्रशिक्षणमूलक कार्यक्रमहरुलाई प्राथमिकता दिन आग्रह गर्नुभएको थियो । कार्यक्रममा सामाजिक सुरक्षा योजना सहजीकरण समितिका सदस्य कमल गौतमले आप्mना अनुभव र योजनाको सकारात्मक पक्षहरुबारे धारणा राख्नु भएको थियो । प्रस्तुत कार्यपत्र उपर सहभागीहरुले उठान गर्नुभएका जिज्ञासा उपर कार्यकारी निर्देशक कपिलमणी ज्ञवालीले स्पष्ट पार्नु भएको थियो । उहाँले कोषमा हालसम्म १ लाख ५० हजारको सहभागिता र ७१ करोडको कोष जम्मा भएको समेत जानकारी गराउनु भएको थियो । कार्यक्रममा अध्यक्ष एवं सि.एन.आई. प्रदेश नं. ५ का संयोजक एजाज आलमले धन्यवाद ज्ञापन गर्नुहुँदै सामाजिक सुरक्षा योजनालाई हरेक क्षेत्र र तहमा ल्याईपु¥याउनु पर्ने बताउँदै योजना क्रमशः लागू गर्दै जान आग्रह गर्नु भएको थियो । 

प्रकाशित : १७ फाल्गुन २०७६, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६