सैनामैना, १८फागुन । लैङ्गिक हिंसा तथा बालविवाह अन्त्यका लागि साझा प्रतिवद्धता आवश्यक रहेको सैनामैना नगरपालिकाका सरोकारवालाहरुले बताएका छन् । लैङ्गिक हिंसा तथा बालविवाहले ब्यक्ति, परिवार र समाजको विकासमा बाधा पु¥याउने भएकोले यसको अन्त्यका लागि ब्यवहारिक रुपमै कार्यान्वयन गर्नुपर्ने उनीहरुको भनाई थियो । सैनामैना नगरपालिकाको आयोजना तथा सिर्जनशील संस्था नेपालको प्राविधिक सहयोगमा भएको कार्यक्रममा उक्त कुरा सहभागीहरुले बताएका हुन् ।
त्यस अवसरमा लैङ्गिक हिंसा तथा बालविवाह अन्त्यका लागि नगरपालिकाले बिभिन्न सचेतनामूलक कार्यक्रम गरिरहेको सैनामैना नगरपालिकाका नगर प्रमुख चित्रबहादुर कार्कीले बताउनु भयो । लैङ्गिक हिंसा तथा बालविवाहले ब्यक्तिको शारीरिक, मानसिक, पारिवारिक, तथा सामाजिक रुपले विकासको काममा बाधा पु¥याउने भएकोले यसको अन्त्यका लागि ठोस कदम चलाईने उहाँको भनाई थियो ।
लैङ्गिक हिसां तथा बालविवाह मुक्त नगर बनाउन जनप्रतिनिधि, राजनितिक दाल, विभिन्न संघसंस्था, कर्मचारी पत्रकार, सुरक्षकर्मी लगायत सवै नगरवासिको साथ सहयोग आवश्यक रहेको सैनामैना नगरपालिका उपप्रमुख विना रानाले बताउनु भयो । लैङ्गिक हिंसा तथा बालविवाह मुक्त नगर बनाउन जनप्रतिनिधिहरुलाई कर्मचारीहरुको तर्फबाट सहयोग रहने सैनामैना नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताउनु भयो । लैङ्गिक हिंसा तथा बालविवाह आफैंमा एउटा सामाजिक कुसंस्कार भएकोले यसको न्यूनीकरण, रोकथाम तथा अन्त्य गर्ने जिम्मेवारी हामी सबैको भएको ने.क.पा. सैनामैना नगर संयोजक चेतनारायण न्यौपानेले बताउनु भयो । गरिबी, अशिक्षा, चेतनाको कमी, सामाजिक सञ्जालहरुको दुरुपयोग, देखासिकी प्रवृत्ति, बढ्दो आधुनिकीकरण जस्ता कारणले बालविवाह बढेको सिर्जनशील संस्था नेपालकी अध्यक्ष प्रतिमा शर्माले बताउनु भयो ।
लैङ्गिक हिंसा तथा बालविवाह सम्बन्धी कानुनी व्यवस्था र बालविवाहले पार्ने असर लगायतको बारेमा सचेतना फैलाउन आवश्यक रहेको ईलाका प्रहरी कार्यलाय मुर्गियाका प्रहरी निरिक्षक मनोज श्रेष्ठले बताउनु भयो । सैनामैनाको वडा नं. ६, ७ र ८ मा केही सचेतना कार्यक्रम गर्नु्पर्ने आवश्यकता रहेको उहाँले जनकारी दिनु भयो । प्रशिक्षण कार्यक्रममा सैनामैना नगरपालिकाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, जनप्रतिनिधि, विभिन्न राजनैतिक दलका प्रतिनिधि, नगरपालिकाका कर्मचारी, विभिन्न संघसंस्थाका प्रतिनिधि, सुरक्षाकर्मी, पत्रकार, बाल क्लवका प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रम सैनामैना नगरपालिकाको आयोजना तथा सृजनसिल सस्था नेपालको प्राविधिक सहयोगमा भएको थियो । प्रशिक्षण कार्यक्रममा बालविवाह, यसका प्रमुख कारणहरु, बालविवाहबाट हुने विभिन्न खालका असर, यस सम्बन्धी कानूनी व्यवस्था, बालविवाहका कारण हुने अपराध लगायतका विषयमा प्रशिक्षण दिइएको थियो ।
प्रतिक्रिया