समाचार

घरेलु तथा साना उद्योगवाट ८३ प्रतिशत रोजगारी सिर्जना



कपिलवस्तु १८फागुन  घरेलु तथा साना उद्योग महासंघका केन्द्रिय सदस्य भेषराज पाण्डेले घरेलु र साना उद्योगको चरम रुपमा बिकास नभई देश समृद्ध हुन नसक्ने बताउनु भएको छ । बाणगंगा नगरभित्रका घरेलु तथा साना उद्यमीहरुको उपस्थिती बीच नगरको दोस्रो अधिबेशनलाई समुद्घाटन गर्दै उहाले नगर क्षेत्रभित्र धेरै उद्योगहरु रहेपनि संगठन मजबुत बनाउन अझै समय लाग्ने तर्क गर्नुभयो । स्वदेशी अर्थतन्त्रमा घरेलु तथा साना उद्योगको स्थान महत्वपूर्ण रहेको वताउदै कुल गृहस्थ्य उत्पानदमा ८० प्रतिशत योगदान घरेलु तथा साना उद्योगले पु¥याएको र उद्योगभित्रको रोजगारीमा ८३ प्रतिशत रोजगारी सिर्जना गरेको तथ्य पेश गर्नुभयो ।

          

  यसैगरि अधिबेशनमा बोल्दै बाणगंगा नगरका उपप्रमुख चक्रपाणी अर्यालले नगरले उत्पादन बृद्धि र रोजगारी सिर्जनामा लगानी गर्न रकम बिनियोजन गरेपनि खर्च हुन नसकेकोमा चिन्ता ब्यक्त गर्नुभयो । उहाले गत वर्ष उद्यमशीलता प्रबद्र्धन गर्न विनियोजन भएको ५० लाख रकम खर्च नभएको जानकारी दिनु भयो । घरेलु तथा साना उद्योग महासंघसंग बाणगंगा नगरले साझेदारी गर्न तयार रहेको प्रष्ट्याउनुभयो । उपमेयर अर्यालले नगरभित्र उद्योग धन्दा र ब्यापार ब्यवसाय गरि २ हजारको संख्यामा रहेको बिवरण सुनाउदै उद्योग ब्यवसायलाई प्रबद्र्धन गर्न फरक फरक निति               अख्तियार गर्नेस्पष्ट पार्नूभयो।                          यसैबिच बाणगंगाका घरेलु तथा साना उद्यमीहरुले दोस्रो अधिबेशनबाट नगरको नेतृत्व छनौट गरेका छन । जसअनुसार घरेलु तथा साना उद्योग महासंघ बाणगगा नगरको अध्यक्षमा महिला उद्यमी जुना अर्याल निर्वाचित हुनुभएको छ ।उपाध्यक्षमा राममणी पौडेल ,महिला उपाध्यक्षमा शोभा पुन सचिवमा पर्सुराम रौतार, कोषाध्यक्षमा निर्मला भुसाल सर्बसम्मत निर्वाचित हुनु भएको छ । समिति १३ सदस्यीय रहेको छ । त्यसैगरि महिला उद्यमीहरुको छुटै  समिति गठन गरिएकोछ ।  शोभा पुनको अध्यक्षतामा ९ सदस्यीय महिला उद्यमी समिति बनेको हो ।

        अधिबेशनको उद्घाटन सत्रमा महासंघका जिल्ला अध्यक्ष फूल कुमारी श्रेष्ठ ,इटटा उद्योग ब्यवसायी संघका महासचिव कृष्ण सापकोटा,होटल ब्यवासायी महासंघका महासचिव रमिन्द्र पौडेल ,घरेलु तथा साना उद्योग महासंघका सचिव लक्ष्मण बेल्वासे लगायतले बोल्दै देश अव उद्यमशिलता विकासको मार्गमा अघि बढेको औल्याउनु भएको थियो ।  

प्रकाशित : १७ फाल्गुन २०७६, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६