समाचार

कर्मकाण्ड प्रशिक्षणका लागि श्रीमदभागवत ज्ञान महायज्ञमा १५ लाख नगद सहित २ कट्ठा भुमि संकलन


१८ फाल्गुन २०७६, आइतबार


कञ्चन १८ फागुन  ।बिश्व शान्ती जनकलयाण बैदिक सनातन धर्म जागरण एवं कर्मकाण्ड प्रशिक्षण केन्द्र भवन निर्माणका लागि कञ्चन गाउपालिका वार्ड नं. ३ झारगैरा स्थित राधाकृष्ण मन्दिर परिसरमा गत फागुन ११ गते देखि शुरु भएको आध्यात्मिक श्रीमदभागवत ज्ञान महायज्ञमा १५ लाख नगद सहित २ कट्ठा भुमि दान संकलन भएको छ ।राधाकृष्ण मन्दिर ब्यबस्थापन समिति तथा श्रीमदभागवत ज्ञान महायज्ञ आयोजक मूल समिति,कञ्चन–३,झारगैरा रुपन्देहीको आयोजनामा संचालित महायज्ञमा आज सम्म करिव १५ लाख नगद र २ कट्ठा भुमि दान संकलन भएको महायज्ञ संचालन सचिवालयले जानकारी दिएको छ । सचिवालय सदस्य पुरुषोत्तम सापकोटाका अनुसार कञ्चन गाउपालिका वार्ड नं. ३ झारगैरा निवासी महेन्द्र अधिकारी र दुर्गा प्रसाद रिजालले १÷१ कट्ठा भुमिदान स्वरुप राधाकृष्ण मन्दिरलाई जग्गा दान गर्नु भएको छ । यस्तै देबीदत्त कंडेलले १ लाख १ सय ११ रुपैया नगद दान गर्नु भएको भने कञ्चन ३ झारगैरा निवासी देबी प्रसाद उपाध्यायले १ लाख २ सय ५५ रुपैया दान गर्नु भएको सचिवलयले जनाएको ।

                     यस्तै रुपन्देही क्षेत्र नं. ५ (क)का सांसद भुमिशवर ढकालले महायज्ञको अवलोकन संगै महायज्ञमा उपस्थित श्रद्धालु भक्तजन तथा दाताहरुलाई सम्बोधन गर्दै राधाकृष्ण मन्दिरमा निर्माण हुन लागेको बिश्व शान्ती जनकलयाण बैदिक सनातन धर्म जागरण एवं कर्मकाण्ड प्रशिक्षण केन्द्र भवन निर्माणका लागि आवस्यक आर्थिक सहयोग गर्ने बताउनु भएको छ । झारगैरा जनचाहना बोर्डिङ स्कुलका प्रधानाध्यापक गणेश आचार्यले ५५ हजार ५ सय ५५ रुपैया र कञ्चन ३ का वडा सदस्य चुडामणी जैसीले ५१ हजार १ सय ११ रुपैया नगद दान गर्नु भएको छ।महायज्ञमा भुमिदान गर्ने महेन्द्र अधिकारी र दुर्गा प्रसाद रिजालको सपरिवारलाई दाताहरुको घरबाटै बाजागाजा सहित महायज्ञ स्थलमा ल्याई सम्मान गरिएको थियो । दैनिक रुपमा अन्तराष्ट्रिय ख्यातीप्राप्त प्रखर युवा बिद्धान स्वामी डा. चक्रपाणी आचार्यबाट संगितमय आध्यात्मिक श्रीमदभागवत ज्ञान तथा संगितमय भजन कृतन,भागवत आराधाना पाठ परायण बाचन भइरहेको महायज्ञ यही फागुन १८ गते समापन  हुने राधाकृष्ण मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष देबी प्रसाद उपाध्ययले बताउनु भएको छ।

प्रकाशित : १८ फाल्गुन २०७६, आइतबार

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे