कपिलवस्तु १९ फागुन । सांसद अत्तहर कमाल कपिलवस्तुका विपन्न गाउबस्तीमा निशुल्क बृह्त स्वाथ्य शिविर लिएर पुग्ने सिएण्डसी हस्पीटलको काम स्वागत योग्य भएको बताउनु भएकोछ। उहाले शुभारम्भ गरेको १ दिने बृहत निशुल्क स्वास्थ्य शिविरबाट ५१२ जना सेवाग्राहिले सेवा लिएका छन् । मायादेवि गाउँपालिका वर्डा नं ३ को आयोजना र सि एण्ड सि अस्पताल प्रा लि ४ नं जितपुरको प्राविधिक सहयोगमा भएको एक दिने शिविरबाट स्थानिय गरिव र विपन्न परिवारले लाभ लिएका हुन् । जसमध्ये १ सय ९३ जनाको महिलारोग ३ सय ३९ जनाको फिजिसियन, १ सय ५० जनाको ल्याव टेस्ट, ५० जनाको दाँत तथा मुख सम्बन्धी सेवा प्रदान गरिएको अस्पत्तालले जनाएकोछ । साथै ७० जनामा सुगरको उच्च जोखिम देखिएको अस्पतालको भनाइछ ।
स्वास्थ्य शिविरमा अति गरिव, विपन्न स्थानीयहरु स्वास्थ्य चेकजाँच गर्दा सुगरको उच्च जोखिम देखिएको, महिला सम्बन्धी सेवा, पायल्स, निमोनिया, दम, हातखुट्टा झमझमाउने, नशा तथा बाथ रोग एवम् विभिन्न रोगहरुको चेकजाँच तथा औषधी प्रदान गरिएको अस्पतालका जनसम्पर्क अधिकृत कृष्ण पोख्रेलले जानकारी दिनुभयो । आफ्नै गाउँमा स्वास्थ्य सेवा पाउँदा स्थानीयहरुले खुसी व्यक्त गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधी सभा सांसद तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य अतहर कमाल मुसलवानले ग्रामिण समुदायका स्थानीयहरुलाई निःशुल्क स्वास्थ्य सेवा दिएकोमा वडा कार्यालय तथा सि एण्ड सी अस्पताललाई धन्यवाद व्यक्त गर्नुभयो ।
सरकारी अस्पताले गर्ने काम निजि अस्पतालले गरेको भन्दै राज्यले पनि अस्पतालाई मुल्यांकन गर्ने बताउनुभयो । वडा नं ३ का अध्यक्ष सुकदेव प्रसाद तिवारीको अध्यक्षता, सांसद मुसलवानको प्रमुख आतिथ्यता, बजरंगी प्रसाद कुर्मी, सि एण्ड सी अस्पतालका प्रबन्धक गोपाल घिमिरे, जनसम्पर्क अधिकृत कृष्ण प्रसाद पोख्रेलको उपस्थिती रहेको थियो ।अस्पतालले स्थापनाकाल देखि नै जिल्ला र जिल्ला बाहिरका विभिन्न स्थानमा स्वास्थ्य शिविरको आयोजना गर्दै आएको छ ।
प्रतिक्रिया