समाचार

सात महिनामा १ हजार ९९ उजुरी



बुटवल, १९ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयमा आर्थिक वर्ष २०७६÷०७७ को सात महिनाको अवधीमा सवैभन्दा बढी स्थानीय तहसंग सम्वन्धित उजुरी परेका छन । अख्तियारको बुटवल कार्यालयले आईतवार संचारकर्मीहरुसंग गरेको अन्तरक्रियामा सात महिनाको अवधीमा एक हजार ९९ उजुरी परेकोमा ५ सय ८३ वटा उजुरीको फस्र्योट भएको जानकारी दिएको हो । अख्तियारमा परेका उजुरीमध्ये विषयगत रुपमा सवैभन्दा बढी स्थानीय तहसंग सम्वन्धित ३ सय ९३ रहेका छन भने त्यसपछि धेरै शिक्षामा ३ सय २ उजुरी परेको छ । त्यसैगरी भूमि सम्वन्धमा १ सय १५, वन तथा वातावरणमा ५६, गृह ३४, कृषि ३१, भौतिक २९, उर्जा २८, स्वास्थ्य २४, खानेपानी १८ र अर्थ सम्वन्धि १२ वटा उजुरी परेको अख्तियारको बुटवल कार्यालयले जनाएको छ । 

                    अख्तियारका बुटवल प्रमुख डा. भीष्मकुमार भुसालले विभिन्न संचार माध्यममा आएका अनियमितता लगायतका समाचारलाई पनि अख्तियारले अनुसन्धानको दायरामा ल्याउने गरेको बताउँदै आगामी दिनमा अख्तियारबाट दिने सूचनालाई छिटो र प्रभावकारी वनाउने बताउनु भयो । त्यसैगरी अख्तियारको बुटवल कार्यालयका उपसचिव रमेश ढकालले स्थानीय तहसंग सम्वन्धित उजुरीहरु धेरै पर्ने गरेको बताउँदै त्यसमा पनि उपभोक्ता समितिवाट हुने अनियमितता, निर्माण तथा खरिद कार्यमा प्रतिष्पर्धा नगराईनु, गुणस्तर र मूल्यमा अनियमिता, एउटै कामलाई टुक्रा टुक्रा गरी उपभोक्ता समितिमार्फत गर्ने तथा नदीजन्य पदार्थ निकासी सम्वन्धि उजुरी धेरै परेको बताउनु भयो । विगत सात महिनाको अवधीमा अख्तियारको बुटवल कार्यालयले विभिन्न ३४ वटा स्टिङ अपरेसन गरेको जनाएको छ । आयोगले सूचनादातामा सहयोगीवन र विश्वसनीयताको कमी, सेवाग्राहीले विचौलियामार्फत सरकारी सेवा लिने प्रवृत्ति बढ्नु, निर्णय कार्यान्वयनमा सरोकारवाला निकायको उदासिनता, भ्रष्टाचार नियन्त्रणको प्रयास भएपनि उल्लेख्य सुधार नभएको, नागरिकको अपेक्षा अनुरुप सुशासनको  प्रत्याभूति हुन नसकेको, प्रविधिको विकाससंगै भ्रष्टाचारका स्वरुप र शैलीमा परिवर्तन हुन नसक्नु समस्या र चुनौतिका रुपमा लिएको जनाएको छ ।

प्रकाशित : १९ फाल्गुन २०७६, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६