समाचार

जिल्लाका ३ निर्वाचन क्षेत्र नेकपाको ३ महिने अभियानको घोषणा,अभियानको संयोजक चयन गर्दै कार्ययोजना निर्माण



कपिलवस्तु २०फागुन ।नेकपाले संचालन गर्ने तीन महिने पार्टि एकता सुदृढिकरण तथा जन सम्वन्ध विस्तार अभियानको क्षेत्र नं २ स्तरीय कार्ययोजना निर्माण गरेको छ । सोमवार तौलीहवामा वसेको विशेष अभियान संचालन  कार्यदलले उक्त योजना वनाएको हो ।  विशेष अभियान संचालन गर्नका लागि क्षेत्र नं २ का ३ नगर र १ गाँउपालीकामा संयोजक सह संयोजक र सदस्य सहितको कार्यदल समेत निर्माण गरिएको छ ।

            जस अनुसार वुद्धभुमि नगरको संयोजकमा कमला भुसाल, सह संयोजकमा सुसिला दर्लामी र पिताम्वर खनाल, कपिलवस्तु नगरको संयोजकमा युवराज पोख्रेल र सह संयोजकमा सरिता आचार्य र विमलशारु मगर, महाराजगजको संयोजकमा विष्णु वेल्वासे र सह संयोजकमा सन्तोषी पाण्डे शारदा शर्मालाई जिम्मेवारी प्रदान गरेको छ । त्यसैगरि यशोधरामा संयोजकमा सिताराम रैदास सह संयोजक आजाद अहमद दर्जी रहनु भएको छ । ३ महिने घरदैलो सहितको विशेष अभियान संचालनको क्षेत्र नं २ स्तरीय निर्देशन तथा अनुगन समिति समेत गठन भएको छ ।

        जसमा खुम आचार्य संयोजक, सत्यनारायण त्रिपाठी सहसंयोजक तथा वावुराम खनाल सदस्य रहनु भएको छ । क्षेत्र नं २ अन्तर्गतका विभिन्न कमिटिका वैठकहरु फाल्गुण मसान्त भित्र गर्ने गरि मिति तय गरेको छ ।  निर्वाचन क्षेत्र नं २ को वैठक फाल्गुण २६ गते, प्रदेश निर्वाचन क्षेत्र नं २ क र ख को फाल्गुण २२ गते, कपिलवस्तु नगर कमिटिको फाल्गुण २४ गते, वुद्धभुमि नगरको फाल्गुण २८ गते, महाराजगंज नगर कमिटिको फाल्गुण २८ गते  र यशोधरा गाँउ कमिटिको फाल्गुण ३० गते गर्ने निणय गरेको हो ।

            क्षेत्र नं २ को कार्यदल वैठकमा वोल्दै नेकपाका जिल्ला अध्यक्ष झवीलाल पोख्रेलले फाल्गुण महिना भरीमा विभिन्न कमिटिका वैठक वसि चैत्र १ गते वाट विशेष अभियान घोषणा हुने वताउनु भयो । चैत्र १ मा तौलीहवामा सवै पालिकाका टोल भन्दा माथीका कार्यकर्ताहरु सहभागी हुने गरि विशेष अभियान घोषणा सभा संचालन हुने उहाँले वताउनु भयो । क्षेत्र नं २ स्तरीय कार्यदलका संयोजक खुम आचार्यको अध्यक्षता र सह संयोजक सत्यनारायण त्रिपाठीको संचलनमा सम्पन्न वैठकमा नेकपाका जिल्ला सचिव रामचन्द्र शाह विष्णुको उपस्थिती रहेको थियो । 

प्रकाशित : १९ फाल्गुन २०७६, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६