समाचार

बाणगंगामा जेष्ठ नागरिकका लागि आखा स्वास्थ्य शिविर



कपिलवस्तु २० फाल्गुण ।बाणगंगा नगरपालिकामा जेष्ठ नागरिकका लागि निशुल्क आखा स्वास्थ्य शिविर शुरु भएको छ । मर्यादित समाज र दिब्य संस्कार जेष्ठ नागरिकको सम्मानमा स्थानिय सरकार भन्ने मूलनाराका साथ सोमबारबाट शिविरको शुभारम्भ गरिएको हो । बाणगंगा ५ कोपवामा रहेको कोपवा स्वास्थ्य चौकीमा शिविरको उद्घाटन गर्दै बाणगंगा नगरप्रमुख मंगल प्रसाद थारुले जेष्ठ नागरिकको सम्मान गर्ने संस्कारले सामाजिक व्यवस्था मिलाउन सजिलो हुने बताउनुभयो । जेष्ठ नागरिकहरुलाइ लक्षित गरेर आफुहरुले स्वास्थ्य कार्यक्रमलाइ महत्व दिएको जनाउदै नगरप्रमुख थारुले आफ्ना आमाबुवाको स्वास्थ्यमा गम्भिर हुन अभिभावकलाइ पनि आग्रह गर्नु भयो ।उहाले हरेक नागरिकको नजिकको सरकार स्थानीय सरकार भएका बताउदै नगरका २ सय बढि मोतियाबिन्दु भएका बिरामीहरुको अपरेशन गरिदिने बताउनुभयो ।

                       कार्यक्रममा बोल्दै शिविरको प्राबिधिक संस्था रणअम्बिका आखा अस्पताल तौलिहवा शाखाका अध्यक्ष रमेश शर्माले आखा जस्तो संम्वेदनशिल अंगमा समयमै सचेत भई उपचार गराउनुपर्नेमा जोड दिनुभयो । शिविर शुभारम्भ कार्यक्रमका अध्यक्ष एवम नगरका सामाजिक बिकास समितिका संयोजक वडा नं ५ का अध्यक्ष भिष्मराज भूषालले नगरबासीको स्वास्थ्यको ग्यारेण्टी नगरपालिकाले लिएको बताउदै नगरमा चल्ने शिविरमा आखाका बिरामीहरुले समयमै उपचार गराउन सुझाब दिनुभयो । नगरपालिका सधैब असक्त, असायको सेवामा तत्पर रहदै आएको बताउनुभयो । कोपवा स्वास्थ्य चौकीका प्रमुख कृष्ण प्रसाद घिमिरेको स्वागत र नगरका स्वास्थ्य शाखा अधिकृत भक्तिराम पाण्डेको सञ्चालमा भएको कार्यक्रममा बारेमा नगरका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले शिविको बारेमा प्रकाश पार्नूभएको थियो । यसैबिच कोवामा भएको शिविरमा ४ सय भन्दा बढिले आखाको जाच गराएका छन । भने सोमबार भएको शिबिरमा ४१ ज्नामा मोतिबिन्दुको समस्या भेटिएको छ । शिविरमा वडा नं ५ र ६ का जेष्ठ नारिक संगै स्थानियको सहभागिता रहेको थियो । नगरपालिकाले शिविर सञ्चालन गरेर गाउँघरमै सेवा प्रदान गरेपछि स्थानीय भने हर्षित भएका छन् । उनीहरुले जनप्रतिनिधिले जनभावना अनुसार काम गरिरहेको प्रतिक्रिया समेत दिएका छन् । शिविर फाल्गुण २० गते मोतिपुर ,२१ ग्ते भलवाड ,२८ गते पिपरा ,२९ गते हथौसा र ३० गते गजेहडामा सञ्चालन हुने छ । यसैबिच बाणगंगा वडा नं ५ ले वडामा ८४ बर्षनाघेका ज्येष्ठ नागरिकलाई सम्मानको कार्यक्रम पनि शुरु गरेको छ । 

प्रकाशित : २० फाल्गुन २०७६, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६