ब्रेकिंग न्युज

एक क्यून्टल अवैध कुखुरा बरामद



चन्द्रौटा २१ फागुन ।कपिलवस्तुको सिमा क्षेत्र जवावैराठवाट १ क्यून्टल ब्रोइलर कुखुरा मंगलवार प्रहरीले बरामद गरेको  छ । सशस्त्र प्रहरी बल डालपुरबाट खटिएको मोबाइल टोलीले विजयनगर गाउँपालिकाको वडा नं. १ जवाबैराठमा विहान साढे सात बजे ब्रोइलर कुखुरा बरामद गरेको सशस्त्र बल डालपुरका  प्रहरी निरिक्षक अनिरुद्र हाजराले जानकारी दिनुभयो । भारतबाट अवैध रुपमा चोरी निकासी गरी ल्याउँदै गरेको अवस्थामा प्रहरी टोलीलाई देखेर तस्कर भागेको हाजराले बताउनुभयो । ब्रोइलर कुखुराको बजार मुल्य ४० हजार रुपैयाँ रहेको छ ।

               स्थानिय जनप्रतिनिधि, पशु क्वारेन्टाइन चेक पोष्ट कृष्णनगरका प्रतिनिधि,सञ्चारकर्मी लगायतका रोहवरमा कुखुरालाई नष्ट गरिएको छ । खुला सिमानाको मौका छोपी विगत केही महिनादेखि तस्करहरुले नेपालमा रोगी कुखुरा आयात गरी सस्तो मुल्यमा विक्री गर्दै आएका छन् । बाहिरि देशवाट अवैध रुपमा आएका पशुहरु कारण विभिन्न रोग लाग्ने भएकोले यसबाट सचेत रहन र उपभोग नगर्न पशु क्वारेन्टाइन कृष्णनगरका डा. लालमणि अर्यालले आग्रह गर्नुभयो ।गत महिनामा पनि यस क्षेत्रमै ३ क्यून्टल अवैध बङ्गुरको मासु प्रहरीले फेला पारेको थियो ।

प्रकाशित : २० फाल्गुन २०७६, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६