प्रदेश

प्रारम्भिक बालविकास कार्यक्रम संचालनमा स्थानिय तहको भुमिका विषयक योजना तर्जुमा बैठक सम्पन्न



जुम्ला २१ फागुन । सिंजा गाउँपालिकामा रहेका बालबालिकाको सगम्र विकासको लागि स्थानीय सरकार पनि सचेत हुुनु पर्ने एक कार्यक्रमका सहभागीले बताएका छन् । प्लान ईन्टरनेशनल नेपाल र सेडा नेपालको सहयोग तथा सहकार्य र सिंजा गाउँपालिकाको आयोजनामा सिंजा गाउँपालिकाका अध्यक्ष देवल सिंह रावलको अध्यक्षतामा प्रारम्भिक बालविकास कार्यक्रम संचालनमा स्थानिय तहको भुमिका विषयक एक दिने योजना तर्जुमा बैठक सम्पन्न भएको छ  । सो कार्यक्रममा सबै वडाका वडा अधयक्ष, प्रमुख प्रशासकीय अधिकृत, कार्यपालिकाका सदस्य, विषयगत शाखा प्रमुख, प्लान ईन्टरनेशनल नेपाल र सेडा नेपालका कर्मचारीहरुको सहभागिता रहेको थियो । 

                                    सिंजा गाउँपालिकामा विस्तार हुन गईरहेको “बालबालिकाको सपना” परियोजनाको बारेमा जानकारी गराउने र परियोजना संचालन सम्बन्धमा योजना तर्जुमा गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको थियो । प्लान ईन्टरनेशनल नेपाल कर्णाली फिल्ड कार्यालय जुम्लाका प्रारम्भि बालविकास कार्यक्रम अधिकृत दिलिप बोहराले कार्यक्रमको उद्देश्य माथी प्रकाश पार्नु भएको थियो । प्लान ईन्टरनेशलनल नेपालका अनुगमन, मुल्याङ्कन तथा अनुसन्धान संयोजक सम्पूर्ण पौडेलले प्लान इन्टरनेशनल नेपालको बारेमा संक्षिप्त जानकारी गराउनु भएको थियो भने सेडा नेपालका कार्यक्रम संयोजक सागर                पण्डितले प्रारम्भि बालविकासको अवधारणा यसको महत्व र बालबालिकाको सपना परियोजनाको औचित्य बारे जानकारी गराउनु भएको थियो ।

                                सिंजा गाउँपालिकाका उपाध्यक्ष जन्मकन्या खत्रीले बालबालिकाहरु देश निर्माणका जग रहेकाले प्रारम्भिक बालविकास धेरै महत्वपूर्ण रहको बताउनुभयो । यस्तै भावि दिनमा परियोजनालाई ब्यक्तिगत र गाउँपालिकाको तर्फबाट सहयोग गर्ने प्रतिवद्धता जाहेर गर्नु भयो । गाउँपालिकाका स्वास्थ्य संयोजक नरबहादुर रोकायाले विशेष गरि पोषण, उत्प्रेरणा र प्रारम्भिक सिकाईको क्षेत्रमा धेरै काम गर्न बाँकी रहेको अवस्थामा सिंजा गाउँपालिकामा बालबालिकाको सपना परियोजना संचालन हुन गईरहेकामो आफू हर्षित बनेको बताउनुभयो ।बालबालिकाको सपना परियोजनालाई सिंजा गाउँपालिको सबै वडाका जम्मा ३९ टोलमा संचालन गर्ने निर्णय गरि कार्यक्रम समापन गरियो । यस अघि कनकासुन्दरी र हिमा गाउँपालिकामा पुष  महिनामा परियोजना सम्बन्धी योजना तर्जुमा बैठक सम्पन्न भईसकेको छ । 

प्रकाशित : २१ फाल्गुन २०७६, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६