ब्रेकिंग न्युज

जुम्लामा एक हजार ९०० क्विन्टल चामल मौज्दात



जुम्ला, १५ भदौः

जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा एक हजार ९०० क्विन्टल चामल मौज्दात रहेको छ । चालु आर्थिक वर्षका लागि सरकारले पाँच हजार क्विन्टल खाद्यान्नको कोटा जिल्लाका लागि निर्धारण गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालयका प्रमुख मनोज जोशीले जानकारी दिनुभयो । अहिले नियमित रूपमा नेपालगन्जबाट ढुवानीकार्यलाई तीव्रता दिएपछि खोदाममा खाद्यान्न मौज्दात सन्तोषजनक छ । प्रतिदिन करिब ९० क्विन्टल चालम बिक्री हुने गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख जोशीको भनाइ छ । अत्यधिक रूपमा पछिल्लो समयमा चामलको माग आउने गरेको छ । कम्पनीको वार्षिकोत्सवका अवसरमा पारी साउन २८ गतेदेखि रु १२५ छुट गरी सहुलियत मूल्यको पसल सञ्चालन गरी खाद्यान्न बिक्री वितरण गरिएको छ । खाद्य कम्पनीले अहिले अरुवा मोटा चामललाई प्रतिबोरा रु एक हजार ४००, अरुवा सोना मन्सुली रु एक हजार ४२५, मध्यम चामल रु एक हजार ४५० र स्टिम जिरा चामलको रु दुई हजार १७५ मूल्य तोकेको छ । खाद्य कम्पनीबाट चिनी, भटमासको तेल र सूर्यमुखी तेल बिक्री हुने गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालयले जनाएको छ । –––

प्रकाशित : १५ भाद्र २०८३, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६