प्रदेश

गोरुसिङ्गे–सन्धिखर्क सडक दैनिक ९ घन्टा बन्द



अर्घाखाँची २१ फाल्गुन ।  अर्घाखाँचीलाई पुर्वपश्चिम राजमार्गसंग जोड्ने मुख्य सडक गोरुसिङ्गे–सन्धिखर्क सडकखण्ड आज देखि दैनिक ९ घन्टा बन्द हुने भएको छ । सडक  स्तरोन्नती गर्न सन्धिखर्कको घुम्तीदेखी भुवनपाटा सम्मको ८ किमी सडक दैनिक नौ घन्टा बन्द हुने भएको हो । जिल्ला प्रशासन कार्यलय अर्घाखाँचीमा बसेको सर्ब पक्षिय बैठकले साँघुरा घुम्ती र सडकको चापलाई ध्यानमा राख्दै बाटो स्तरोन्नती गर्न लागिएको सडक बिहान ७ बजेदेखी मध्यान्न १२ बजेसम्म र दिउँसो २ बजेदेखी बेलुका ६ बजेसम्म बन्द गरिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले बताए । अत्याधिक घुम्तीहरु र साँघुरो सडकका कारण यो क्षेत्र ‘डेन्जर जोन’ का रुपमा परिचित छ । दोहोरो यातायात आवत–जावत गर्नेगरी निर्माण कार्य अँगाडी बढाईएको यो सडकखन्डको मध्यभाग देखी १५–१५ मिटर छोडेर घर बनाउन सडक डिभिजन शिवपुर कपिलवस्तुले आग्रह गरेको छ ।वैकल्पिक मार्गका रुपमा सन्धिखर्क–सालझन्डी सडक, घुम्ती–तानसेन सडक र धनचौर–अमराई सडकको प्रयोग गर्न सकिने पनी बैठकले निर्णय गरेकोे छ ।

 

प्रकाशित : २१ फाल्गुन २०७६, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६