समाचार

कञ्चन गाउपालिकामा बिधालय तहको परीक्ष फागुन २८ बाट,आधारभुत तहको परीक्षामा ११ सय बिधाथीहरुले परीक्षा दिदै



 फागुन २१ कञ्चन । नेपाल सरकार शिक्षा,बिज्ञान तथा प्रबिबधि मन्त्रालयले कक्षा १ देखि ९ सम्मको बार्षिक परीक्षा यथासिघ्र प्ररम्भ गरी चैत्र ५ गते सम्म सम्पन्न गर्न आव्हान गरे संगै देशभरका सम्पुर्ण स्थानिय शिक्षा शाखाले आफु मातहतका सबै बिधालयहरुलाई चैत्र ५ सम्म बार्षिक परीक्षा सम्पन्न गर्न पत्राचार गरेको छ ।बिश्वभर कोरोना भाइरस (कोभिड–१९) को संक्रमण्म र सन्त्रास बढदै गैरहेको अवस्थामा त्यसको सर्तकता अपनाउन पर्ने कुरालाई मध्यनजर गर्दै शिक्षा,बिज्ञान तथा प्रबिबधि मन्त्रालयलले बिज्ञप्ती प्रकाशन गरे संगै स्थानिय तहका शिक्षा शाखाहरुले आफ माचहतका बिधालयहरुलाई तत्काल बार्षिक परीक्षा संचालन गर्न निर्देशन दिएका हुन । शिक्षा,बिज्ञान तथा प्रबिबधि मन्त्रालयले प्रकाशन गरेको बिज्ञप्ती पश्चात रुपन्देहीको कञ्चन गाउ कार्यपालिकाको शिक्षा समितिले आजै आकस्मिक बैठक बसी आधारभुत तह उत्र्तिण परीक्षा चैत्र ६ गतेबाट र कक्षा १–७ र ९ को बार्षिक परीक्षा फागुन २८ गतेबाट संचालन गर्नेगरी परीक्षााको समयतालिका प्रकाशन गरेको छ।

                    कञ्चन गाउपालिका शिक्षा शाखाद्धारा प्रकाशित परीक्षा समय तालिका अनुसार कक्षा ८ अर्थात आधारभुत तह उत्र्तिण परीक्षाका लागि ६ वटा परीक्षा केन्द्र तय गरेको छ । ती ६ वटा परीक्षा केन्द्रमा १ हजार १ सय २२ जनाले परीक्षामा सहभागि हुने कञ्चन गाउपालिका शिक्षा शाखा प्रमुख रमेश भुषालले जानकारी दिनु भएको छ । शिक्षा शाखाद्धारा प्रकासित परीक्षा केन्द्र अनुसार परीक्षा केन्द्र १ गौतमबुद्ध आधारभुत बिधालयमा प्रगती माध्यमिक बिधालय(११० जना),अक्स्फोर्ड मोर्डन  बोर्डिङ स्कुल(२८ जना),लिटिल रोज इङ्र्गलिस स्कुल(१२ जना) र न्यू त्रिभुवन मेमोरियल इङ्र्गलिस स्कुल (३ जना) गरी १५३ जना, परीक्षा केन्द्र २ मोर्डन भिजन एकेडेमीमा हरैया माध्यमिक बिधालय (७२ जना)ज्ञानज्योती आधारभुत बिधालय (२१ जना),रुद्रपुर माध्यािमक बिधालय (७६ जना) र शिशु सदन आधारभुत बिधालय ( २२ जना) गरी १९१ जना, परीक्षा केन्द्र ३ सरस्वती माध्यमिक बिधालयमा लुम्बिनी ज्ञान निकेटन माध्यमिक बिधालय (७० जना),बुद्धदीप आवासिय अंग्रेजी बिधालय (६५ जना) र सनमोडल इङ्र्गलिस स्कुल (३६ जना) गरी १७१ जना, यस्तै परीक्षा केन्द्र ४ प्रगती माध्यमिक बिधालयमा दुर्गा माध्यमिक बिधालय (४२ जना),गौतम बुद्ध आधारभुत बिधालय (२४ जना),जनज्योती आधारभुत बिधालय (१९ जना)ब, बुद्धभुमि अधारभुत बिधालय (३४ जना) र गजेडी माध्यमिक बिधालय (५० जना) गरी १६९ जना, परीक्ष केन्द्र ५ बुद्धदीप आवासिय अंग्रेजी बिधालयमा हिमालय आधारभुत बिधालय (४६ जना), बालकल्याण आधारभुत बिधालय (१६ जना),ज्ञानोदय आधारभुत बिधालय (३२ जना), सरस्वती माध्यमिक बिधालय (३७ जना) र भैसाही माध्यमिक बिधालय (५७ जना) गरी १८८ जना र परीक्ष केन्द्र ६ हरैया माध्यमिक बिधालयमा मलावरदेबी माध्यमिक बिधालय (८७ जना), रुद्रपुर पिसल्याण्ड भु.पु. सैनिक स्कुल (३४ जना), कृएटिभ इङ्र्गलिस स्कुल (७ जना) र इभरग्रिन इङ्र्गलिस स्कुल (३७ जना) गरी २०५ जना बिधार्थीहरुले परीक्ष दिने छन।

प्रकाशित : २१ फाल्गुन २०७६, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६