काठमाडौ २१ फागुन । अप्रेशनपछि आइसियूमा सारिएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगन्जले बुधबार अपरान्ह पत्रकार सम्मेलन गरेर सो को जानकारी गराएको हो । अस्पतालका कार्यकारी निर्देशक प्रेम कृष्ण खड्गाले अहिले ओलीको प्रत्यारोपित मिर्गौलाले काम गर्न थालिसकेको बताए । त्यस्तै ओलीका सबै मुख्य सूचकांकहरु राम्रो अवस्थामा रहेको पनि खड्गाले जानकारी दिए । यस्तै मिर्गौला दान गर्ने ओलीकी भान्जी समीक्षा संग्रौलाको पनि स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणमा दर्जन बढी विशेषज्ञ चिकित्सक खटिएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ ।
यी हुन् अप्रेशनमा खटिएका चिकित्सक :
प्रत्यारोपणको शल्यचिकित्सा टोलीमा प्राडा उत्तम कुमार शर्मा, प्राडा प्रेम ज्ञवाली, भारतीय चिकित्सक प्राडा अनन्तकुमारलगायतको टोली खटिएको थियो । त्यस्तै मिर्गौला प्रत्यारोपण चिकित्सा टोलीमा प्राडा दिव्यासिंह शाह, डा महेश सिग्देल, डा मुकुन्द काफ्ले, डा नवीन नेपालीलगायतको टोली सहभागी रहेको थियो ।यस्तै एनेस्थेसिया तथा क्रिटिकल केयरतर्फ डा अनिल श्रेष्ठ र प्राडा सुवास कर्माचार्य लगायतको टोलीले सहयोग गरेको थियो । अस्पतालका कार्यकारी निर्देशन प्रेम कृष्ण खड्गाले ओलीको स्वास्थ्य अवस्था स्थिर रहेको बुधबार अपरान्ह आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
मृगौलाले काम गर्न थाल्यो:
यस्तै खड्गाले अहिले ओलीको प्रत्यारोपित मिर्गौलाले काम गर्न थालिसकेको पनि बताए । त्यस्तै ओलीका सबै मुख्य सूचकांकहरु राम्रो अवस्थामा रहेको पनि खड्गाले जानकारी दिए । उनलाई प्रत्योरापण उपचार कक्षमा राखी उपचारलाई निरन्तरता दिइने पनि चिकित्सकहरुले बताएका छन् । यस्तै मिर्गौला दान गर्ने ओलीकी भान्जी समीक्षा संग्रौलाको पनि स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
अहिले प्रधानमन्त्रीलाई प्रत्योरोपण उपचार कक्षमा राखिएको छ भने उनको अबको उपचार प्रक्रिया कसरी अघि बढाउने भन्नेमा चिकित्सकहरुबीच गम्भीर छलफल समेत भएको छ । प्रा डा उत्तमकुमार शर्मा र प्रा डा प्रेम ज्ञवाली, भारतीय चिकित्सक अनन्तकुमार लगायतको टोलीबीच छलफल भएको हो ।
ओलीको ०६४ मा पहिलोपटक भारतको दिल्लीस्थित एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गराउँदा डा अनन्तकुमारले नै गरेका थिए । चिकित्सकहरुको छलफलबाट उपचार प्रभावकारी बनाउन विशेष योजना तय गरिएको बताइएको छ । स्रोतका अनुसार ४ दिनसम्म उनको स्वास्थ्य अवस्था ‘रिस्क जोन’ मै रहने भएकाले चिकित्सकको विशेष निगरानीमा उपचार गर्न चिकित्सकहरुले विशेष योजना बनाएका हुन् ।
देशैभर दिपावली :
ओलीको प्रत्यारोपित मिर्गौलाले काम गर्न थालिसकेको र सबै शारिरीक मुख्य सूचकांकहरु राम्रो अवस्थामा रहेको अस्पत्तालले जनाएपछि देशैभर ओलीको सिघ्र स्वास्थ्य लाभको कामना सहित आज साझ दिपावली गरिनेछ । युवासंघको पहलमा देशैभर दिपावली हुने भएको हो । यता नेकपा कपिलवस्तुले १० वटै पालिकाका सदरमुकाममा आज साझ दिपावली गर्ने जानकारी दिएकोछ । कार्यलय सचिव धर्म भुसालले कार्यकर्ताको माग अनुसार यस्तो निर्णय भएको वताउनु भयो ।
२१ फाल्गुन २०७६, बुधबार
प्रतिक्रिया