समाचार

कपिलवस्तु : १० वटै पालिकामा मैनबत्ति प्रज्ज्वलन



कपिलवस्तु २२ फागुन । प्रधानमन्त्री केपि शर्मा ओलीका मृगौला सफल प्रत्यारोपणको सन्देश प्रबाह गर्दै नेकपा कपिलवस्तुले गरेको आह्वान अनुसार कपिलवस्तु जिल्लाका बाणगंगा सहित १० वटै पालिकामा बुधवार साझ मैनबत्ति प्रज्वलन गर्ने कार्यक्रम सम्पन्न भएको छ । बाणगगाको जितपुर ,बुद्धभूमिको गोरुसिंगे—बुढढी , कपिलवस्तु नगरको तौलिहवा, दोहनी र मर्यादपुर ,शिबराजको चन्द्रौटा सहितका स्थानमा सयौ संख्यामा जुटेका नेकपाका कार्यकर्ताले मैनबत्ति प्रज्वलन गरि स्वास्थ्य लाभको कामना गरेका हुन । 


जितपुर चारनम्बरमा भएको कार्यक्रममा बोल्दै नेकप कपिलवस्तुका जिल्ला अध्यक्ष झबिलाल पोख्रलले सिंगो देश यतिबेला प्रधानमन्त्री केपि शर्मा ओलीको सिघ्र स्वास्थ्य लाभको पक्षमा कामना गर्दै जुरमुराएको बताउनुभयो । यो देशको प्रधानमन्त्री ओलीले स्वदेशी चिकित्सक र अस्पत्तालको सेवामा पूर्र्ण भर परेपछि स्वाधिन नेपालीको छाती गर्वले फूलेको अध्यक्ष पोख्रेलले वताउनु भयो । 


सोही कार्यक्रममा प्रदेश कमिटि सस्दय एबम जिल्ला सचिब राम चन्द्र बिष्णु , प्रदेश कमिटि सदस्य कृष्ण पौडेल लगाएतले सिघ्र सवस्थ्य लाभको कामना गर्दै मन्तब्य राख्नुभयो थियो । १० वटै पाकिलामा भएको मैन बत्ति प्रज्वलन कार्यक्रम स्थानिय पालिका कमिटीको अगुवाईमा भएको हो 

प्रकाशित : २१ फाल्गुन २०७६, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६