समाचार

प्रदेश ५ सरकारद्धारा कोरोनाबाट बच्न अस्पतालमा ‘आईसोलेसन’ व्यवस्थापन गर्न निर्देशन



बुटवल, २३ फागुन । प्रदेश ५ सरकारले कोरोना भाइरसको प्रकोपबाट बच्न प्रदेशका सरकारी अस्पतालमा ‘आईसोलेसन’ व्यवस्थापन गर्न निर्देशन दिएको छ । कोरोनाको संक्रमण देखिईहालेमा विरामीलाई राखेर उपचार गरिने छुट्टै कक्ष ‘आईसोलेसन’ को व्यवस्थापन गर्न निर्देशन दिइएको प्रदेश ५ स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदकुमार गिरीले बताउनु भयो । त्यस अघि नै कोरोनाको संभावित प्रकोपबाट बच्न प्रदेश सरकारले पूर्व तयारी शुरु गरिसकेको छ । त्यसैगरी कोही शंकास्पद बिरामी भेटिएमा तिनलाई बोक्नका लागि विशेष एम्बुलेन्स तयारी अवस्थामा राख्नेगरी काम अघि बढाइएको प्रदेश ५ को सामाजिक विकास मन्त्रालयले जनाएको छ । निर्देशक डा. गिरीले प्रदेश सरकारले तीनवटै तहका सरकारको समन्वयमा कोरोना बिरुद्धको अभियानमा अघि बढ्ने गरी छलफल भएको समेत जानकारी दिनुभयो ।उहाँले कोरोनाको चेक जाँचका लागि थर्मोस्केल र स्वास्थ्यकर्मीले प्रयोग गर्ने ‘पर्सनल प्रोटेक्टिभ इक्यूभमेन्ट’ को व्यवस्थापनको तयारी गरिएको बताउनु भयो । मन्त्रालयले आइसोलेसन सहित फोकल पर्सन तोक्नका लागि प्रदेशका १४ वटा सरकारी र ४ वटा मेडिकल कलेजहरुलाई निर्देशन दिइसकेको छ भने अधिकांश सरकारी अस्पतालमा विहिवारसम्म आइसोलेसन कक्ष स्थापना भैसकेको जनाएको छ । यसैगरी अस्पतालहरुले फोकल पर्सनको नामावली सहित आइसोलेसन कक्षको व्यवस्था गरेको जानकारी प्रदेश मन्त्रालयमा पठाएको बताइएको छ । 

                  त्यसरी जानकारी पठाउनेमा लुम्बिनी प्रादेशिक अस्पताल बुटवल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही, नेपालगञ्ज मेडिकल कलेज कोहलपुर, देवदह मेडिकल कलेज, देवदह छन् । त्यसैगरी युनिभर्सल मेडिकल कलेज भैरहवा, लुम्बिनी मेडिकल कलेज पाल्पा, युनाइटेड मिसन अस्पताल तानसेन र भेरी अस्पतालले पनि विवरण पठाएका छन् ।उता प्रदेश ५ सरकारले कोरोनाको जोखिम नियन्त्रणका लागि सबैले आ–आफ्नो स्थानबाट भूमिका निर्वाह गर्न आग्रह गरेको छ । प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले कोरोनाका संक्रमित र शंकास्पद बिरामी भेटिए तत्काल उपचार अघि बढाउन आवश्यक संयन्त्र प्रयोग गर्ने गरी प्रदेश सरकार तयारी अवस्थामा रहेको बताउनु भयो । विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोना भाइरसको अति उच्च जोखिम भएको देशको सूचीमा राखेसँगै प्रदेश सरकारले पूर्व तयारी अपनाउन शुरु गरेको हो ।

प्रकाशित : २३ फाल्गुन २०७६, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६