समाचार

औद्योगिक महोत्सवमा अल्लोको कपडामा दर्शकको ध्यान



बुटवल, २३ फागुन । बुधबारबाट बुटवलमा सञ्चालन भएको प्रथम प्रादेशिक लघु घरेलु साना तथा औद्येगिक कृषि प्रविधि व्यापार एवं पर्यटक महोत्सवमा अल्लोको कपडाले दर्शकहहरुको ध्यान खिचेको छ ।नेपाल घरेलु तथा साना उद्योग महासघ प्रदेश महिला उद्यमी समिति प्रदेश नं ५ को आयोजनामा शुरु भएको प्रादेशिक स्तरको महोत्सवको मुख्य गेटबाट छिर्नासाथ देखिने स्टल नम्बर ३५ र ३६ मा रहेको कोठी हिमाल अल्लो कपडा उद्योगले मेलामा आएका सबैजसो दर्शकको ध्यान खिचेको हो । अल्लोबाट बन्ने बिभिन्न सामाग्रीहरुको प्रविधिसहित आएको उद्योगमा दैनिक प्रयोजनको लागि बनेका टोपी, झोला, बेल्ट, कोट स्टकोट, जुहारी कोट लगायतका सामाग्रीहरु राखिएका छन ।प्युठानको नौबहिनी गाउँपालिका ६ बाहानेबाट आएको उद्योगकी सञ्चालक चित्रकली बुढामगरले १० वर्षको उमेर देखि नै अल्लोको काम शुरु गरेपनि २०५७ सालदेखि मात्रै व्यवसायीक रुपमा सञ्चालन गरेको बताउनु भयो । उहाँले अहिलेको उद्योगमा १५ जना कर्मचारी भएपनि ४ जना मात्रै महोत्सवमा आएको जानकारी दिनुभयो । 

                     उद्योगबाट बन्ने प्रविधिको लागि आवश्यक अल्लो बुन्ने तान मेसिन, सिलाई मेसिन र चर्खा लगायतका सामाग्रीहरु ल्याएको उद्योगमा काम गरिरहेका चित्रकलीका श्रीमान खिमबहादुर बुढामगर बताउनु हुन्छ । उद्योगमा ५० रुपैयाँदेखि ९ हजार सम्मका सामाग्रीहरु रहेको उहाँले जानकारी दिनुभयो । जाडोमा तातो र गर्मीमा सितल दिने, प्रेसर, सुगर कन्ट्रोल गर्ने तथा एलर्जी निको पार्ने औषधीय गुण भएको अल्लोको सामाग्रीहरु बनाउनेको लागि धागो निकाल्ने काम जिल्लामा २५ सय जना जतिले गर्ने गरेको उहाँको भनाई छ । प्रदेश महिला उद्यमी समिति प्रदेश ५ का संयोजक शान्ती शर्माले कोरोनाको त्रासले गर्दा मेलामा दर्शकको संख्या दिउँसो कम भएपनि साँझको समयमा उल्लेख्य दर्शक आएको बताउनु भयो ।उहाँले मेलामा दैनिक उपभोग्य सामाग्रीका स्टल सहित लोकप्रिय कलाकारहरुको सहभागिता रहेको जानकारी दिनु्भयो ।  मेलामा लघु घरेलु तथा साना उद्योगहरुबाट उत्पादित कृषि तथा महिला उद्यमशीलताका बस्तु तथा सेवाहरुलाई प्रदर्शनीमा राखिएको संस्थाकी प्रदेश ५ महासचिव पार्वती अधिकारीले बताउनु भयो । चैत २ गते सम्म सञ्चालन हुने मेलामा करिब ३ सय स्टलहरु रहेका छन् । महोत्सवमा स्वदेशी वस्तुको प्रवद्धनका लागि विशेष प्राथमिकता दिईएको महोत्सवले स्थानिय उत्पादनको दिगो बजारीकरणमा सहयोग पु¥याउने अपेक्षा राखिएको छ । महोत्सवमा कृषि बनपैदावार, हस्तकला, उर्जा, वायोग्यास, सहित प्रर्यटन प्रवद्धनका स्टलहरुको पनि सहभागिता रहेका छन् । 

               पेशागत सम्मानको वातावरण निर्माण गरि लघु घरेलु उद्योग मार्फत युवाहरुलाई स्वरोजगार बनाउने लक्ष्य पनि राखिएको छ । महोत्सवमा राष्ट्रिय स्तरका लघु घरेलु तथा साना उद्योगहरुवाट उत्पालदित बस्तु एवं सामाग्रीहरु र प्रदेश ५ को मौलिक संस्कृतिको प्रर्दशनी, कृषि उत्पादन एवं प्रविधिको प्रदर्शनी, स्थानिय पर्यटकीय स्थलको जानकारी मुलक प्रदर्शनी, महिला उद्यामीहरुद्वारा उत्पादित हस्तकलाका सामाग्री एवं वस्तुहरुको प्रदर्शनी, नविनतम प्रविधि एवं बैकल्पिक उर्जाको प्रदर्शनी रहेको आयोजकले जनाएको छ ।एक करोडको आर्थिक कारोवार एवं ५ लाख दर्शकहरुले अवलोकन गर्ने लक्ष्य राखिएको छ । बुटवल उपमहानगरपालिका वडा न ११ देवीनगर रंगशाला नजिकैको खुल्ला मैदानमा महोत्सव सञ्चानल भईरहेको छ । 

प्रकाशित : २३ फाल्गुन २०७६, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६