समाचार

माध्यमिक शिक्षा परिक्षा एसईईको कपिलवस्तुमा ९० प्रतिशत तयारी पुरा



कपिलवस्तु २३ फाल्गुण । एस एल सी को रुपान्तरित माध्यमिक शिक्षा परीक्षा अर्थात् सेकेन्डरी एजुकेसन एक्जाम (एसइई) को कपिलवस्तुमा ९० प्रतिशत तयारी पुरा भएको छ । कपिलवस्तु सहित देश भर आउदो चैत्र ६ गते विहिवार परिक्षा संचालन हुदै छ । एसएलसी परीक्षा हटाउने निर्णाय सरकारले २०७२ सालवाट गरेपछि माध्यमिक तहको परिक्षा हुन लागेको हो । शिक्षा विकास तथा समन्वय ईकाइ कपिलवस्तुका अनुसार एसएलसी हटेपनि परीक्षा लिने प्रणाली र केन्द्राध्यक्षको सुविधा लगायतको सबै कुरा पुरानै संरचना अनुसार संचालन भएको र सोहि अनुसार अहिले काम अघि वढेको जनाएको छ । २०७२ देखि अक्षराङ्कन पद्धतिमा सञ्चालन परिक्षा हुँदै आएको छ । चैत्र ६ गते विहिवार वाट शुरु हुने माध्यमिक शिक्षा परिक्षा अर्थात एसईइमा कपिलवस्तु जिल्लावाट ७ हजार ४ सय ७२ विद्यार्थीले परिक्षामा सभागीता जनाउदै छन् । जिल्लाका सामुदायिक ७७ विद्यालय, संस्थागत ४८ विद्यालय र खुल्ला १ विद्यालय गरि १ सय २६ विद्यालयका विद्यार्थीहरुले नियमित, ग्रेड वृद्धि, प्राविधिक र खुला तर्फ परिक्षा दिन लागेका हुन् । जसमा नियमित तर्फ ६ हजार ८ सय ३९ जना विद्यार्थी रहेका छन् । यस्तै ग्रेड वृद्धि (एक्जाम्टेड) तर्फ ४ सय ४२ जना र प्राविधिक तर्फ १ सय ९१ जना विद्यार्थी रहेको परिक्षा शाखा प्रमुख एवं शाखा अधिकृत अर्जुन कुँवरले वताउनु भयो । यस वर्ष जानकी मावि महाराजगंज केन्द्रमा सवै भन्दा वढि ३ सय ५२ र सवै भन्दा कम समयथान मावि केन्द्र खगेन्द्रपुरमा १ सय ९१ जना विद्यार्थीहरुले परिक्षामा सहभागीता जनाउदै छन् । यस वर्ष ५ विद्यालय थप भएपछि गत वर्ष भन्दा ४ सय ३५ विद्यार्थी वढि छन् । गर्त वर्ष ७ हजार ३७ जना विद्यार्थीले परिक्षा दिएका थिए् ।

           कपिलवस्तु जिल्लामा यस वर्षको माध्यमिक शिक्षा परिक्षा अर्थात एसईईमा २९ वटा परिक्षा केन्द्र कायम गरिएको छ । जसमा सदरमुकाम तौलिहवामा ७ वटा र जिल्लाका अन्य स्थानमा २२ वटा केन्द्र तय भएको हो । गत वर्ष पनि २९ केन्द्र कायम गरिएको थियो । जिल्लाका १० स्थानीय तह मध्ये ८ वटा स्थानीय तहमा केन्द्र निर्धारण भएको हो । २ वटा सुद्धोधन र मायादेवी गाँउपालीकामा यस वर्ष पनि केन्द्र नभएको कायम नभएको परिक्षा शाखा प्रमुख कुवरले वताउनु भयो । गत वर्ष पनि यी २ पालीकामा केन्द्र कायम गरिएको थिएन । वाणगंगा नगरपालीकामा सवै भन्दा वढि ८ वटा परिक्षा केन्द्र निर्धारण गरिएको छ । यस्तै कपिलवस्तु नगरपालीकामा ७, वुद्धभुमि नगरपालीकामा ५, शिवराज नगरपालीकामा ४, कृष्णनगर नगरपालीकामा २, महाराजगंज नगरपालीका,  विजयनगर र मायादेवी गाँउपालीकामा १–१ गरि २९ वटा केन्द्र कायम गरिएको हो । जसअन्तर्गत वाणगंगा नगरपालीकामा महेन्द्र मावि कोपवा, ओदारी मावि ओदारी, सुर्योदय मावि वरवा, जनता मावि पिपरा, वाल मावि वैरीया, वाणगंगा मावि लौगाइ, वाणगंगा मावि गजेहडा र जनज्योती मावि मोतिपुर रहेका छन् । यस्तै जिल्ला सदरमुकाम तौलीहवाको कपिलवस्तु नगरपालीकामा ७ वटा केन्द्र अन्तर्गत वुद्धपद्धम माविमा क र ख, रत्नराज्य लक्ष्मी मावि, यशोधरा मावि, तौलेश्वरनाथ संस्कृत मावि, वुद्धज्योती ईडलिस वोर्डिड स्कुल र ककनकमुनि मावि जगदिशपुरलाई केन्द्र वनाईएको छ । यस्तै वुद्धभुमिमा नगरपालीकामा ५ वटा परिक्षा केन्द्र अन्तर्गत गौतमवुद्धमावि गोरुसिगे क र ख, मावि ईमिलिया, जनकल्याण मावि वरकुलपुर र भृकुटी मावि वुड्डी रहेका छन् । यस्तै शिवराज नगरपालीकामा ४ वटा केन्द्रमा राष्टिय मावि चन्द्रौटा, नेपाल आदर्श मावि शिवपुर, त्रिभुवन आदर्श मावि पिपरी र समयथान मावि खरेन्द्रपुर रहेको शिक्षा विकास तथा समन्व्य ईकाइ कपिलवस्तुले जनाएको छ । यस्तै महाराजगंज नगरपालीकामा जानकी मावि महाराजगंज केन्द्र रहेको छ । कृष्णनगर नगरपालीकामा २ वटा राम गोरखामा मावि वहादुरगंज, महेन्द्र मावि कृष्णनगर रहेको छ  विजयनगर गाँउपालीकाको दुधाधारी मावि गुगुली र मायादेवी गाँउपालीकामा छत्रपाली तिर्थादेवी मावि गरि २९ केन्द्र निर्धारण गरिएका हुन् ।

                        यी केन्द्रहरुमा ७ हजार ४ सय ७२ जना विद्यार्थीले परिक्षा दिदै छन् ।परिक्षालाई व्यवस्थीत रुपमा संचालन गर्नको लागि सवै २९ केन्द्रमा उत्तरपुस्तिका पु¥याई सकिएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार प्रवेश पत्र विद्यालयमा पठाईएको, केन्द्रमा परिक्षा संचालनको तयारी गर्ने कार्य तथा परिक्षावोर्डवाट परिक्षा संचालनका लागि आवश्यक पर्ने समाग्री र पश्न पत्र प्राप्त भएको जनाएको छ । कार्यालयका शाखा अधिकृत एव परिक्षा शाखा प्रमुख अर्जुन कुँवरका अनुसार परिक्षा समन्व्य समितिको वैठक बसि केन्द्राध्यक्ष नियुक्ति, समाग्री वितरण, परिक्षा संचलन खर्च वितरण तथा केन्द्रध्यक्षको अभिमुखिकरण कार्य गर्ने तयारी भएको वताउनु भयो । परीक्षालाई व्यवस्थित र अनुशासित बनाउनका लागि परीक्षा समन्वय समितिले आचार संहिता जारी गरी त्यसैका आधारमा परीक्षा सञ्चालन गर्ने तयारी गरेको छ । यस्तै परिक्षा केन्द्र संचालन निर्देशिका पनि जारी गर्दै परिक्षा संचालन गरिने भएको हो । जिल्लामा परिक्षालाई शान्तिपुर्ण रुपमा सम्पन्न गर्ननको लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ५ सदस्यीय परिक्षा समन्व्य समिति गठन भई कार्य गर्दै आएको र सवै क्षेत्रको निरिक्षण गर्ने समेत जनाईएको छ । 

प्रकाशित : २३ फाल्गुन २०७६, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६