समाचार

कपिलवस्तुमा एसीड आक्रमण । एक महिला घाईते ।



कपिलवस्तु २५ फागुन । कपिलवस्तुको महाराजगंज नगरपालिका १ महाराजगंज चोकमा एसिड प्रहारले १ जना घाईते भएकी छिन । शुक्रवार साझ ८ वजे महाराजगंज नगरपालिका वस्ने बेदमती देवी गुप्ता घाईते हुनु भएको  । करीव ५१ वर्षिय गुप्ताको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कायालयलाई उदृत गर्दौ बडा प्रहरी कार्यालय चन्द्रौटाले वताएको छ । उहाको निधार र शरिरमा एसीड लागेको ई.प्र.का. चन्द्रौटाका प्रहरी निरीक्षक दिपेस खरेलले प्रेस पाटीलाई वताउनु भयो । एसीड आक्रमण पछी घाईते गुप्तालाई कपिलवस्तु जिल्ला अस्पतालमा उपचार का लागी पठाइैएको थियो । त्यहा उपचार हुन नसके पछी युनिर्भसल मेडिकल कलेज अस्पताल भैरहवामा उपचार  पुराइएको थियो । गुप्ता अहिले सम्म वोल्न सक्ने अवस्थामा नभएको वताईएको छ ।
क्रिकेट व्याडको विषयमा विवाद चल्दै गर्दा छिमेकी हरी नारायण वरईले एसिड प्रहार गरेका हुन । वरईले क्रिकेट व्याड भाचे पछी व्याडको पैसा तिनु पर्ने भन्दै झगडा भएको वेलामा व्याट्रिमा राख्ने तेजाव फालेका थिए । वरईको व्याट्रि मर्मत गर्ने पसल संचालन गर्छन । प्रहरीले वरईको पसल वाट ५ लिटर एसिड समेत वरामद गरेको छ । एसीड प्रहार गर्ने वरई प्रहरी नियन्त्रणमा रहेका छन  । उनलाई ज्यान मार्ने उद्योग अन्र्तगत मुद्धा दर्ता भएको छ ।

प्रकाशित : २५ फाल्गुन २०७६, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६