समाचार

ईन्टरनेटको सही सदुपयोग गर्नु पर्ने



बाँके २५ फागुन । साईबर अपराधबाट बच्नको लागि ईन्टरनेटको सही सदुपयोग गर्नु पर्ने राप्ती सोनारीका किशोरीले बताएका छन् । प्लान इन्टरनेशल नेपालको सहयोगमा राप्तीसोनारी गाउँपालिका वडा न।३ को समन्वय र स्याक नेपालको आयोजनामा २ दिने किशोरीका क्लबका पदाधिकारीका लागि प्रविधिको सुरक्षित प्रयोग  साईबर कानुन बारे तालिममा सो कुरा बताएका हुन् ।सो तालिममा राप्ती सोनारी गाउँपालिकाका वडा नं। ३ का किशोरीहरुको सहभागिता रहेको थियो । सो प्राविधिक तालिमका प्रशिक्षक नेपाल युवा परिषद प्रदेश नं।५ का संयोजक सोम गुरुङले क्म्प्युटरका आधारभुत जानकारी साथै सामाजिक सन्जालबाट कसरी सुरक्षित रहने र साईबर कानुन,साईबर अपराधको बारे पनि प्रशिक्षण दिएका थिए । सामाजिक सन्जालको फाइदा र बेफाईदा बारे पनि जानकारी दिएका थिए । साथै त्यसै गरि स्याक नेपालका सुपरभाईजर धन कुमारी थारुले लैगिंक हिंसा र बालविवाह रोक्ने उपायहरुका बारेमा जानकारी गराएका थिए । साथै उहाँले सो तालिममा बालबिवाह सम्बन्धि कानूनी ब्यवस्था र यौनहिंसा रोकथाममा किशोर किशोरीको भुमिकाको महत्व रहेको बताए ।राप्ती सोनारी गाउँपालिका वडा नं ३ का सहभागी किशोरी यमु थारुले आफूले यस तालिममा साइबर अपराध भनेको के हो रु साईबर अपराधबाट कसरी बच्न सकिन्छ भन्ने बारे जानकारी पाएको बताइन् । त्यसैगरि अर्का सहभागी सामना थारुले सामाजिक सन्जालबाट कसरी सुरक्षित हुन सकिन्छ भन्ने बारे थाहा पाएको बताईन् । समाजमा बाल बिवाहले पार्ने नकारात्मक प्रभाव र कानूनी ब्यवस्थाका बारेमा जानकारी गराई बालबिवाह रोक्न अभिप्रेरित गर्ने, बालमैत्री र लैंगिक मैत्री बातावरण संचालन गर्नमा मद्धत पुग्ने लगायतका उदेश्यका साथ तालिमको आयोजना गरिएको स्याक नेपालका परियोजना प्रबन्धक जगदिश थापाले जानकारी गराउनुभयो । साथै उहाँले बाँकेको आठ वटै स्थानीय तहलाई स्याक नेपालले बाल विवाहमुक्त वडा बनाउन रणनिति बनाईरहेको र स्थानीय सरकारसंग समन्वय र सहकार्य गरि कार्य गरेको जानकारी दिनुभयो ।

प्रकाशित : २५ फाल्गुन २०७६, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६