समाचार

कोरोनाविरुद्ध रुपन्देहीमा प्रचारात्मक अभियान तीव्र



बुटवल, २५ फागुन । कोरोना भाइरसको प्रकोपका कारण संसारभर त्रास फैलिरहेको बेला रुपन्देहीमा पनि यसबाट बच्न विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाहरुले प्रचारात्मक अभियानलाई तीब्र वनाएका छन । कोरोनाको बढ्दो हल्लाले नेपाली जनजीवनलाई समेत असर पु¥याएपछि जिल्लाका विभिन्न स्थानमा कोरोनाविरुद्धको सचेतना अभियान सुरु भएको छ । बुटवलको होराईजन उच्चमावि, बुटवल जेसिज र बुटवल लेडी जेसिज, बुटवल उद्योग वाणिज्य संघ लगातका संघ संस्थाले सचेतनामूलक कार्यक्रमको आयोजना गरेका छन् । न्यू होराईजन माध्यमिक विद्यालयमा आयोजित सचेतना कार्यक्रममा डा. जीवन भुसालले कोरोनाबाट हुने लक्षण र बच्न सकिने उपाय बारे विद्यार्थीलाई जानकारी दिनुभएको थियो । उहाँले सरसफाइमा विशेष ख्याल गर्न, साबुन पानीले राम्रोसँग हात धुन र भीडभाड भएको क्षेत्रमा नगए कोरोनाको संक्रमण बाट बच्न सकिने बताउनु भयो । उनले खोक्दा वा हाच्छिउँ गर्दा मुख छोप्ने र कोरोनाजस्तो लक्षणको शंका लागेमा अस्पताल जान विद्यार्थीहरुलाई सुझाव दिनुभयो ।

                 कार्यक्रममा बोल्दै विद्यालयका अध्यक्ष ज्ञानेन्द्र कसजुले विश्वभर संक्रमण फैलिएको कोरोना बाट बच्न सावधानीहरु अपनाउँदै हिडडुल गर्दा माक्सको प्रयोग गर्न विद्यार्थीहरुलाई आग्रह गर्नुभयो । बुटवल जेसिजका अध्यक्ष राजीव गौतम र बुटवल लेडी जेसिजकी कल्पना कुसुमको अध्यक्षतामा भएको सचेतनामूलक कार्यक्रममा विद्यालयका प्राचार्य लोकनाथ उपाध्याय, उपप्राचार्यहरु बालकृष्ण भण्डारी, बासुदेव अर्याल लगायतले बोल्नुभएको थियो । सचेतनामूलक कार्यक्रममा ५ सय भन्दा बढि विद्यार्थीहरुको सहभागिता रहेको थियो । त्यसैगरी बुटवल ७  दिपनगरमा रहेको त्रिभुवन युनाइटेड एकेडेमीले कोरोना भाईरसको बारेमा जनचेतना फैलाएको छ । कोरोना बारेमा भाइरसविरुद्ध जनचेतना फैलाउने, टोल छिमेकमा जागरण ल्याउने र यस क्षेत्रमा रोग फैलिन नदिने उद्देश्यले त्रिभुवन युनाइटेड एकडेमीले अभियान चलाएको विधालयका प्राचार्य शंकर थापाले बताउनु भयो । एकडेमीले बुटवल ७ का घरघरमा पुगेर कोरोनाका बारेमा लेखिएका पर्चा बाँड्नुका साथै रोगबाट बच्ने उपायका बारेमा जानकारी गराउनु भएको थियो । 

प्लेकार्ड सहित निस्केको शिक्षक विधार्थी संचालक समिति सहितको टोलीले समूह बनाएर बुटवल दिपनगरका घर घर र गल्ली गल्लीमा पुगेर पर्चा वितरण गरेको हो । कोरोना भाइरस नेपालमा र त्यसमापनि बुटवलमा फैलिन सक्ने भएकाले पूर्व तयारीका उपाय अपनाउनु जरुरी ठानेर सचेतना कार्यक्रम गरिएको सह प्रचार्य रामचन्द्र बस्यालले जानकारी दिनुभयो ।“संक्रमण भइसकेपछि पछुताउनु भन्दा संक्रमण हुन नदिनु उत्तम हुने र भएकोले कोरोना विरुद्धको जनचेतना अभियान थालिएको विद्यालयका संचालक दिपक न्यौपानेले बताउनु भयो । कार्यक्रममा वडाध्यक्ष कमलप्रताप थापाले बिद्यालयले गरेको अभियान प्रशंसायोग्य भएको बताउनु भयो । त्यसैगरी बुटवलका विभिन्न संघ संस्थाले पनि कोरोनाविरुद्ध चेतनामूलक अभियान थालेका छन । 

प्रकाशित : २५ फाल्गुन २०७६, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६