समाचार

०७७ भित्र प्रदेश ५ लाई नै सडक मानवमुक्त घोषणा गरिने



बुटवल, २५ फागुन । मानव सेवा आश्रम बुटवलले ३ सय २२ जनालाई सडकबाट उद्धार गरेको छ । २०७५ साल बैशाख १८ गतेबाट अनौपचारिक रुपमा सेवा सुरु गरेको आश्रमले प्रदेश– ५ का विभिन्न जिल्लाहरुबाट सहयोगापेक्षी सडक आश्रित ३ सय २२ जनाको उद्धार गरेको हो ।मानव सेवा आश्रम प्रदेश–५ की संयोजक सुशीला केसीले ३ सय २२ जनालाई सडकबाटै उद्धार गरिएको जानकारी दिनुभयो । केसीका अनुसार ३० जनालाई अन्य आश्रमको शाखाहरुमा स्थानान्तरण, ७४ जनालाई परामर्श सेवा पश्चात घर पठाइएको छ । कुल ३ सय २२ जना उद्धार गरिएको मध्ये १० जनाको उपचारका क्रममा मृत्यु भएको पनि आश्रमले बताएको छ ।हाल बुटवल आश्रममा १ सय ३० जनाले आश्रय लिइरहेका छन् । सेवाकै क्रममा ३ जना मानसिक समस्या भएका आमाबाट जन्मिएका बालबालिका समेत आश्रममा छन् । आश्रमकै सहयोगमा गत ४ पुसमा बुटवल उपमहानगरपालिका सहयोगापेक्षी (बेसहारा, अशक्त, असहाय, अनाथ अभिभावक विहीन) सडक आश्रित मानवमुक्त उपमहानगरपालिका घोषणा भएको छ ।

                      मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले बुटवलकै पहलमा वि.सं. २०७७ सालभित्र प्रदेश सरकारको सहकार्यमा प्रदेश–५ लाई सहयोगापेक्षी सडक आश्रित मानवमुक्त घोषणा गरिने जानकारी दिनुभयो ।उहाँले २०८२ भित्र नेपाललाई नै सडक आश्रित मानवमुक्त घोषणा गरिने तयारी अनुरुप हालसम्म गोरखा नगरपालिका, हेटौंडा उपमहानगरपालिका–९, मकवानपुर, भरतपुर महानगरपालिका, बुटवल उपमहानगरपालिका, कर्णाली प्रदेश, काठमाडौं पशुपति मन्दिर क्षेत्र, सिद्धबाबा मन्दिर र बाग्लुङ कालिका मन्दिर क्षेत्रलाई सहयोगापेक्षी सडक आश्रित मानवमुक्त घोषणा गरिएको उललेख गर्नुभयो । ७ प्रदेशका १४ जिल्लामा १९ वटा सेवा केन्द्रमार्फत सेवा गर्दै आएको मानवसेवा आश्रम केन्द्रमा हालसम्म १ हजार ५० जना आश्रित रहेका छन् । यसैगरी माघ २० देखि २७ गतेसम्म मानव सेवा आश्रम बुटवलको आयोजनामा भएको श्रीमद्भागवत ज्ञानमहायज्ञबाट ३ करोड ३१ लाख ५६ हजार ४ सय १४ रुपैयाँ बचत भएको छ ।महायज्ञ संयोजक लोकनाथ भुसालले कुल ३ करोड ७० लाख ४० हजार ६ सय ११ रुपैयाँ मध्ये ३८ लाख ८३ हजार १ सय ९६ रुपैया खर्च भएको र ३ करोड ३१ लाख ५६ हजार ४ सय १४ रुपैया बचत भएको जानकारी दिनुभयो । 

प्रकाशित : २५ फाल्गुन २०७६, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६