समाचार

ज्ञानपुन्जमा ११०औं अन्तराष्ट्रिय महिला दिवस सम्पन्न



कपिलवस्तु २५ फागुन । ११० औं अन्तराष्ट्रिय महिला दिवस कपिलवस्तु सहित देशैभरि मनाईएको छ । सोहि अवसरमा  बाणगंगा–२,राजपुरको  ज्ञानपुन्ज बोर्डिङ्ग स्कुलले पनी सम्मान कार्यक्रमको आयोजना गरि दिवस मनाएको छ ।  विद्यालयका प्राचार्य सुरेन्द्र पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा पुर्व अध्यक्ष तथा समाजसेवी दोलकराम घिमिरेले  प्रमुख अथितिको आशनबाट बोल्दै नारी र पुरुष एकै रथका दुई पाङ्ग्रा भएकाले महिलाको सम्मान र्निविकल्प रहेको वताउनुभयो । त्यसैगरि प्राचार्य पाण्डेले सृष्टिका संवाहक महिलालाई यस अवसरमा सम्मान गर्न पाउदा अत्यन्तै हर्षित भएको वताउनुभयो । त्यसैगरि उहाँले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिमा आफु अहोरात्र लागि पर्ने र त्यसका लागि  सहयोगको अपिल गर्नुभयो ।कार्यक्रममा  विद्यालयका संचालक नारायण प्रसाद पौडेल,चिरन्जिवी पन्थ,विष्णु घिमिरे  एवं विद्यालयका  शिक्षक कर्मचारीहरुको उपस्थितिमा रहेको  थियो  । सो कार्यक्रममा विद्यालयका सम्पुर्ण महिला शिक्षिकाहरुलाई उच्च सम्मानका साथ मायाको चिनो प्रदान गरिएको थियो ।  कार्यक्रम विद्यालयका शिक्षक अमृत न्यौपानेको संचालनमा सम्पन्न भएको थियो ।

प्रकाशित : २५ फाल्गुन २०७६, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६