समाचार

फिटेज एफटिभिमा आजको टेडमा



कपिलबस्तु २६ फागुन । कपिलबस्तु यशोधरा गाँउपालिकाको लेखा शाखामा दुई साा अधि गएिको तालबन्दी खोल्न जनदबाब बढन थालेको छ । बिकास कार्या आगाडि बढाउने बेलामा गाँउपालिकाको लेखा शाखामा तालबन्दी गरिएको भन्दै पालिकाका नागरिक अगुवाले तालाबन्दी फिर्ता नभए अन्दोल गर्नै चेतावनी दिएका छन् ।गाँउपालिका स्तरी स्वतन्त्र नगारिक समाजले आयोजना गरेको जनजेतना कार्यक्रममा सहभागी गाँउपालिकाको लेखा शाखामा गरिएको तालाबन्दी निशर्त नखोलिए कडा अन्दोलन गर्नै चेतावनी दिएका हुन । सो अवसरमा बोल्दै स्वतन्त्र नागरिक समाजमा संयोक राकेश कुमार पाठकले गाँउपालिकाले फरजी उपझोता बनाएर काम गरने र पैसा लुटेको अरोप लगाउनु भयो साथै गाँउपालिकामा भष्टचार चरम सिमामा पुगेको कारणले गर्दा यो कार्याक्रम आयोजना गरेको बताउनु भयो 

                   साथै कार्याक्रममा बोल्दै गाँउपालिकाले आफनो कार्या शैलीमा परिवर्तन गरेना भने यो  भन्दा ठुलो अन्दोलन हुने बताउनु भयो । कार्याक्रममा बोल्दै सठौली अस्पतालको अवस्था दैनिय भएको छ तर  यशाौधरा गाँउपालिकाले यस अस्पातलको बारे कुनै चासो नदिएको बताउनु भयो । संघिय गणतन्त्र स्थापन भएका  पछि स्थानीय सरकार गाँउ गाँउ पुगयो तर यो गाँउपालिकाको दुरभाग्य हो सिङ दरबार न पुगेको गाँउपालिकाले लुटतन्त्र मचाएके अरोप लगाउनु भयो । कार्यक्रममा बोल्दै नेकपाका गाँउपालिका प्रमुख हजरत अलि मुसलमानले यशोधरा गाँउपालिकामा नियोजित रुपमा अनियमितता गर्न रोकेकै कारण लेखा शाखामा ताबालबन्दी गरिएको बताए । जनप्रतिनिधीले आफ्नै पालिकामा तालाबन्दी गर्ने कार्य लज्जास्पद रहेको उनले बताए । सो अवसरमा बोल्ने अधिकांस बक्ताले तालाबन्दी लगाउन पालिका अध्यक्ष सहितका जनप्रतिनिधीको समर्थन रहेकाले हाल सम्म तालाबन्दी खुल्न नसकेको बताएका थिए । कार्यक्रममा गाँउपालिकाका अगुवा हरम शरिफ मुसलमान, कम्लेश कुमार मिश्र, अब्दुल कयुम, मनिषदेव मिश्र र मोल्हु प्रसाद गुप्ता लगायतले तालाबन्दीका कारण बिकास निर्माण प्रभावित हुने भएकाले अभिलम्ब तालाबन्दी फिर्ता गरिनु पर्ने माग गरेका थिए । यस अघि वडा नम्बर ५ का अध्यक्ष लईस पठान र वडा नम्बर ६ का अध्यक्ष श्याम नारायण उपाध्याय नेतृत्वको टोलीले लेखा शाखामा तालाबन्दी गरेको थियो । 

प्रकाशित : २६ फाल्गुन २०७६, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६