समाचार

कपिलवस्तुका २ स्थानीय तहमा खोलाको सीमा विवाद, सेटिङ्गमा नदीजन्य पदार्थको दोहन



कपिलवस्तु, २७ फागुन । कपिलवस्तु नगरपालिका र बाणगंगा नगरपालिका बिचको खोला नाकाको सिमा विवाद बढ्दै गएको छ । विगत २ बर्ष देखी सिमा विवाद कायम रहदै आए पनि २ स्थानिय तहले अझै सिमाकंन गर्न नसक्दा विवाद बढ्दै गएको हो । कपिलवस्तु नगरपालिका ९ कुश्मा बासीले पटक पटक सरोकारवाला निकाय संग छलफल गर्दा पनि समस्या समाधान हुन सकेको छैन । यसले गर्दा मनोमानी रुपमा ट्याक्टर धनीले सेटिङ्गमा खोला दोहन र चोरी तस्करी दिनप्रतिदिन बढ्दै गएको छ । यति बेला कुश्मा बासीले रातिको १० बजेदेखी ४ बजेसम्म खोलाको गस्ती शुरु गरेको छन । तर पनि खोलामा तस्करीले सेटिङग मिलाएर चोरी तस्करी गर्न रोकिएको छैन । 

        यस बिषयमा कुश्मागाउका स्थानियले प्रहरी प्रशासन देखी जिम्मेवारी निकाय मौन भएर बसेको बताएको छन । सिमा विवादमा कपिलवस्तु नगरपालिकाले वास्ता नगर्दा गाउ जोखिममा पर्दै गएको र खोलामा लुटतन्त्र मच्चिएको उनीहरुको भनाई छ । स्थानिय युवाहरुले देशमा संघिय सरकार आएपनि कुश्मा गाउमाभने कुनै सरकार नआएको बताएका छन । पटक पटक नगरपालिकामा ध्यानआकर्षण पत्र बुझाउदै आए पनि नगरपालिकाले चासो नदिनुका साथै वडा अध्यक्ष शिव वाग्लेका कुराहरुको कुनै सुनुवाई नगरेको उनीहरुको भनाई छ । 

        खोलाको कुनै मापदण्डलाई ख्याल नगरि गाउलाई जोखिममा पारि ट्याक्टर सञ्चालकले आफ्नो धन्दा चलाईरहेको स्थानियले बताएका छन । यसैबिच सिमा विवादको समस्यालाई समाधान गर्न सोमबार कपिलवस्तु नगरपालिका र बाणगंगा नगरपालिका मेयरलाई छलफलमा बोलाए पनि कपिलवस्तु नगरपालिका मेयर किरण सिंह नआउदा छलफल निष्कर्ष बिहिन टुंगिएको छ । विहान ११ बजेका लागि नगरप्रमुख लाई बोलाईए पनि साढे १२ बजेसम्म पनि नआएपछि गाउलेले फोन गर्दा आफू नआउने र ईन्जिनियलाई पठाएको बताएपछि गाउले झन आक्रोशित भएका थिए । यता बाणगंगा नगरपालिका प्रमुख मंगल थारु ,प्रमुख प्रशासकिय अधिकृत चुरामणी पन्थी ,वडा नं ६ का वडा अध्यक्ष सुकदेब थारु सहितको टोली छलफलका लागि कुश्मा गाउमा आएको थिए । तर छलफलमा कपिलवस्तु नगरपालिका नगर प्रमुख सिंह सगै सिमासंग जोडिएका केही स्थानियलाई छलफलमा नभएपछि छलफल निष्कर्ष बिहिन टुंगिएको हो । २ पक्षबिचलाई एकठाउमा नराखि सिमांकन नहुने भएपछि पून आगमी शुक्रबार छलफलका लागि सबैलाई जुटाउने कपिलवस्तु नगरपालिका वडा नं ९ का वडा अध्यक्ष शिव वाग्लले बताउनुभयो । उहाले २ नगरपालिकाले पनि खासै चासो नदिदा यो समस्या हल हुन नसकेको बताउनुभयो । तर यता बाणगंगा नगरपालिका सिमाको विवादमा गम्भिर रहेको र जहिले पनि छलफलका लागि तयार रहेको नगर प्रमुख थारुले बताउनुभयो । 

प्रकाशित : २७ फाल्गुन २०७६, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६