अन्तर्राष्ट्रिय

स्वास्थ्य मन्त्रीलाई नै कोरोनाको सङ्क्रमण



फागुन २८, २०७६ बुधबार । एजेन्सी । बेलायतकी स्वास्थ्य मन्त्री तथा कन्जर्भेटिभ पार्टीकी सांसद नदिन डोरीजले आफूमा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण देखिएको बताएकी छिन् । डोरीज, कोरोना भाइरसबाट सङ्क्रमित हुने पहिलो संसद् सदस्य हुन् । आफूमा कोरोनाको सङ्क्रमण देखिएपछि स्वास्थ्यमा ध्यान दिएको र घरमै आइसोलेशनमा जसरी बसेको बताएकी छिन् । डोरीज कोरोना सङ्क्रमित हुने पहिलो बेलायती सांसद बनेकी छिन् । कोरोनाका कारण बेलायतमा ६ जनाको ज्यान गएपछि स्वास्थ्य मन्त्री डोरीजलाई सङ्क्रमण देखिएको हो । योसँगै बेलायतमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन सय ८२ पुगेको छ । बेलायतमा कोरोनाका कारण छैटौँ व्यक्तिका रुपमा एक जना ८० वर्षीय पुरुषको ज्यान गएको हो । स्वास्थ्य मन्त्रीले आफूलाई आफ्नो भन्दा पनि आफूसँगै रहेकी ८४ वर्षीया आमाको स्वास्थ्यलाई लिएर चिन्तित भएको बताएकी छिन् । मङ्गलबारदेखि आमालाई पनि रुघाखोकी लाग्न थालेको उनले बताइन् । 

प्रकाशित : २८ फाल्गुन २०७६, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६