अन्तर्राष्ट्रिय

काेराेनाकाे सङ्क्रमण १ सय १९ देशमा, ६६ हजार उपचारपछि घर फर्किए



फागुन २८, २०७६ बुधबार । एजेन्सी । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण अहिलेसम्म एक सय १९ देशका एक लाख १९ हजार दुई सय २० जनामा  देखिएको छ । सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या चार हजार दुई सय ९९ पुगेको छ ।  कोरोनाबाट सबैभन्दा धेरै चीनमा तीन हजार एक सय ५८ जनाले ज्यान गएको छ । पछिल्लो २४ घण्टामा चीनमा २२ जनाको ज्यान गएको छ । ८० हजार सात सय ७८ जनामा सङ्क्रमण देखिएकोमा ६१ हजार चार सय ८९ उपचारपछि घर फर्किएका छन् । अझै १६ हजारभन्दा धेरैमा सङ्क्रमण यथावत छ ।  चीनपछि सबैभन्दा धेरै इटलीमा ६ सय ३१ जनाको ज्यान गएको छ । इटलीमा १० हजार एक सय ४९ जनामा सङ्क्रमण देखिएकोमा एक हजार बढी उपचारपछि घर फर्किएका छन् ।

कोरोनाको सङ्क्रमण बढेपछि इटलीमा देशभरिको नाका बन्द गरिएको छ र मानिसहरुलाई आपत्कालिन अवस्थाबाहेक हिँडडुल नगर्न भनिएको छ । सङ्क्रमणबाट इरानमा ज्यान गुमाउनेको सङ्ख्या दुई सय ९१ पुगेको छ । अझै पाँच हजार २० जनामा सङ्क्रमण छ । अहिलेसम्म आठ हजार ४२ जनामा सङ्क्रमण देखिएकोमा दुई हजार सात सय ३१ जना उपचारपछि घर फर्किएका छन् । त्यस्तै दक्षिण कोरियामा ६१ जनाको ज्यान गएको छ । गएको पछिल्लो २४ घण्टामा दुई सय ४२ जना नयाँ सङ्क्रमित देखिएपछि सङ्क्रमितको सङ्ख्या सात हजार सात सय ५५ जना पुगेको छ । दुई सय ८८ जना निको भएर घर फर्किएका छन् । फ्रान्समा ३३ जना, स्पेनमा ३६ जना र अमेरिकामा ३१ जनाको ज्यान गइसकेको छ । बेलायतमा स्वास्थ्य मन्त्री नदिना डोरीस पनि कोरोना भाइरसबाट सङ्क्रमित भएकी छिन् ।दक्षिण एसियाको कुरा गर्दा भारतमा सङ्क्रमितको सङ्ख्या ६२ पुगेको छ । चीनमा कोरोनाको सङ्क्रमण घट्दै गए पनि अन्यत्र बढ्दै जाँदा चिन्ता बढ्दै गएको छ ।   

प्रकाशित : २८ फाल्गुन २०७६, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६