समाचार

बाणगंगामा दादुरा रुवेला विरुद्धको खोप अभियान शुरु,कतिछन् नगरभित्र वालवालिका ?



कपिलवस्तु २९ फागुन । विगत दशकौं देखि बालबालिकालाई दादुराको खोप लगाउन थालिए पनि उक्त रोग नेपालबाट निवारण हुन सकेको छैन । दादुराको खोपसँगै रुवेलाविरुद्ध पनि बालबालिकालाई खोप लगाउने गरिन्छ । रुवेलाका विरामी बालबालिका पनि नेपाल अझै भेटिने गरेको स्वास्थ्य कार्यालयहरुका तथ्यांकले पुष्टि गरेको छ । यसैबिच कपिलवस्तुको बाणगंगा नगरपालिकाले पनि यसबर्षको अभियान बुधबारबाट शुरु गरेको छ । चैत्र २ गते सम्म सञ्चालन हुने खोप अभियानको बाणगंगाको हथौसा स्वास्थ्य केन्द्रबाट शुभारम्भ गरिएको हो । 

         ५ बर्षमुनिका ३ बालबालिकालाई पोलियो खुबाउदै नगर उपप्रमुख चक्रपाणी अर्यालले सबै बालबालिकालाई दादुरा रुवेला खोपसंगै पोलियो खुबाउन आग्रह गनर्’भएको छ । उहाले खोप अभियानको प्रभावकारीताका लागि सम्वद्ध सबै पक्ष जिम्मेवार हुनु पर्नेमा जोड दिनुभयो । यस्तै र्काक्रममा बोल्दै वडा नं ११का वडा अध्यक्ष सोमनाथ अर्यालले यस रोगको औषधी नपाईने भएकोले सबै अभिभावक समयमै सचेत भई खोप लगाउन सबैमा आग्रह समेत गर्नुभयो ।

        कार्यक्रममा नगरका स्वास्थ्य अधिकृत भक्तिराम पाण्डे ,नेकपा वडा कमिटिका अध्यक्ष मेघराज बेल्बासे लगाएतको आतिथ्यता रहेको थियो । बाणगंगा नगरपालिकाले यसबर्ष अभियान अन्तर्गत ९ महिनादेखि पाँच वर्षसम्मका ६ हजार ७ सय ८६ जना बालबालिकालाई दादररा तथा रुवेलाविरुद्धका खोप दिइने लक्ष्य राखेको छ ।साथमा पाँच वर्षमुनीका ८ हजार ५ सय ८६ जना बालबालिकालाई पोलियो थोपा पनि खुवाइने लक्ष्य राखेको नगरका स्वास्थ्य अधिकृत भक्तिराम पाण्डेले जानकारी दिनुभयो । अभियान अन्तर्गत नगरमा ७३ वटा खोपकेन्द्र रहेका छन ।

प्रकाशित : २८ फाल्गुन २०७६, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६