समाचार

सर्ला प्रदेश राजधानी दाङ ? सहमतिमै राजधानी टुङ्गो लाग्छ : मन्त्री केसी



बुटवल, २९ फागुन । प्रदेश राजधानी बुटवलवाट दाङ सार्ने चलखेल भैरहेको भन्ने समाचारहरु सामाजिक सञ्जालमा आईरहेको बेला प्रदेश ५ का आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले पनि सोही संकेत गर्नुभएको छ । उहाँले छिटो राजधानी घोषणा गर्ने नाममा पछिसम्म पछुताउने अवस्था आउन नदिने तर्क गर्नुभयो । पछिल्लोसमय मुख्यमन्त्री शंकर पोखरेल, कानुन मन्त्री केसी, प्रदेश सभामुख पूर्णवहादुर घर्ती लगायतले प्रदेश राजधानी बुटवलवाट दाङ सार्ने चलखेल गरिरहेको भन्ने समाचारहरु सामाजिक सञ्जालमा भाईरल नै बनेका छन । उक्त चलखेल निस्तेज गर्न भन्दै बुटवलमा नागरिक अगुवाहरुको भेलाले दवाव अभियान समूह नै गठन गरेको छ ।  उता आन्तरिक मामिला तथा कानुनमन्त्री केसीले सहमतिबाट नै प्रदेशको नाम र राजधानीको टुङ्गो लाग्ने बताउनु भएको छ ।

        प्रदेशको नाम र राजधानीको विषय टुङ्गो लगाउन ढिलाई भैरहेको बेला मन्त्री केसीले नाम र राजधानी तोक्ने विषयमा हतारमा निर्णय गर्न नहुने भन्दै सहमतिमै हुने आफूले विश्वास लिएको बताउनु भयो ।रिपोर्टस क्लव नेपाल प्रदेश ५ ले बुधवार बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री केसीले प्रदेश सरकारले यो विषयलाई गंभीरतासाथ लिएकोले अव पाको र गहन ढंगले अध्ययन गरी निष्कर्षमा पुग्नुपर्ने धारणा राख्नुभयो । मन्त्री केसीले प्रदेश राजधानीका लागि तीनवटा स्थानका नाम चर्चामा आएको भएपनि सवैलाई पायक पर्ने गरी प्रदेश राजधानी तोकिनु पर्ने उल्लेख गर्नुभयो । प्रदेश राजधानीको विषय टुङ्गो लागेमा नामको विषयमा त्यति विवाद नहुने र तुरुन्तै निर्णय गर्न सकिने भन्दै मन्त्री केसीले भन्नुभयो– हामी सवैलाई न्याय हुने गरी नै राजधानीको विषय निष्कर्षमा पु¥याउँछौं । 

        प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले बुटवल राजनीतिक क्षेत्रमात्र नभई इतिहाससँग जोडिएको क्षेत्र भएकाले बृहत्तर बुटवलमा नै राजधानी वन्नुपर्ने धारणा राख्नुभयो । राजधानीका लागि भर्जिन ल्याण्डको खोजी हुँदैछ भन्ने बाहिर हल्ला छ  भन्दै उहाँले तर रुपन्देहीको विकल्प हुन सक्दैन भन्नुभयो । बुटवल विमानस्थलबाट नजिक रहेको, प्रशस्त पूर्वाधार भएकोले बुटवल राजधानीका लागि उपयुक्त रहेको उहाँको दावी छ ।

        कार्यक्रममा प्रदेश सभा सदस्य फकरुद्दिन खानले प्रदेश राजधानी र नामाकरणको विषय प्रदेश सरकारकै कार्यकालमा नसकिने हो कि भन्ने आशंका उत्पन्न भएको भन्दै यही विषयले सरकार असफल भएको भन्न सकिने दावी गर्नुभयो । उहाँले बुटवलमा कर्मचारी आउन एक बर्ष लाग्यो अव अन्यत्र लैजाँदा कर्मचारी जान तयार हुन्छन् वा हुँदैनन् ? प्रश्न गर्दै बुटवलमा वसिसकेको अस्थायी राजधानीलाई नै स्थायी गर्नुपर्ने धारणा राख्नुभयो । त्यसैगरी समाजवादी पार्टीका प्रदेश संसदीय दलका प्रमुख सचेतक सन्तोष पाण्डेले प्रदेशको राजधानी र नाम टुङ्गो लगाउने विषय प्रदेश सभाको आफ्नो अधिकार हो भन्दै यसको निक्र्यौल पनि प्रदेश सभाबाटै लगाइनु पर्ने वताउनु भयो । 

प्रकाशित : २८ फाल्गुन २०७६, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६