समाचार

मेडिकल कलेज भैरहवामा आइसोलेसन बेड



भैरहवा, २९ फागुन । प्रदेश ५ सामाजिक विकास मन्त्रालयले युनिभर्सल मेडिकल कलेज शिक्षण अस्पताल भैरहवामा विशेषज्ञ चिकित्सकसहितको आइसोलेशन बेड तयार गरेको छ । कोरोना भाइरस संक्रमितको उपचार गर्नका लागि भन्दै मेडिकल कलेजमा चारवटा क्याबिन आइसोलेशन बेडका रूपमा छुट्टयाइएको हो । अस्पतालका सूचना अधिकृत सुशील गुरुङले आइसोलेशन बेड भएपनि यहाँ कोरोनाको परीक्षण नहुने तर शंका लागेका बिरामीको नमूना परीक्षण गरेर काठमाडौं पठाइने बताउनुभयो ।

      मेडिकल कलेजमा बिरामीको चापअनुसार बेड थप्न सकिने अस्पतालले जनाएको छ । मेडिकल कलेजमा डा. नविनजंग रायमाझीलाई कोरोना संक्रमित बिरामीको उपचार गर्ने फोकल चिकित्सकका रूपमा तोकिएको छ । “अहिलेसम्म कोरोनाको आशंकामा कुनै पनि बिरामी आएका छैनन्, शंका लागेका बिरामी आए नमूना संकलन गरेर काठमाडौं पठाउँछौं”–उहाँले भन्नुभयो । यता जिल्ला प्रशासन कार्यालय रुपन्देहीले मेला महोत्सव, सभा, सेमिनार, महायज्ञ तथा मानिसहरूको ठूलो भीड लाग्ने कार्यक्रम नगर्न र सहभागी नहुन निर्देशन दिएको छ । 

      कोरोनाको जोखिम न्यूनीकरणका लागि सीमा क्षेत्रमा पनि स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको संयुक्त टोली परिचालन गरिएको छ । “नेपाल कोरोना भाइरसको उच्च जोखिममा रहेको भनिए पनि अहिलेसम्म त्रासदीपूर्ण अवस्था छैन”–रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले भन्नुभयो–“उच्च सतर्कता अपनाउन भने आवश्यक छ । त्यसका लागि प्रवेशद्वारबाट नेपाल भित्रिने विदेशी नागरिकको निगरानी र शङ्का लागेमा आवश्यक स्वास्थ्य परीक्षण गरिने प्रबन्धसमेत मिलाइएको छ ।”  कोरोनाका लक्षण देखिएमा प्रदेशको सामाजिक विकास मन्त्रालयले प्रदेश अन्तर्गतका विभिन्न १२ वटा अस्पतालमा ‘आइसोलेशन बेड’ तयार पारी उपचार गर्ने प्रबन्ध मिलाएकोछ ।

प्रकाशित : २८ फाल्गुन २०७६, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६