समाचार

नावालिकालाई सामुहिक बलात्कार गर्ने १ लाई १२ वर्ष कैद,अन्य ४ लाई सुधारगृह पठाइयो ,रोयल खुस्बुका मालिक अझै फरार



तौलिहवा  २९  फागुन । कक्षा ७ मा पढने १४ बर्षिया नाबिलाकालाई बलत्कार गरेको अभियोग लागेका  बुद्धभुमी नगरपालिका– ९ ईमिलियाका १८ बर्षिय योगेश श्रेष्ठलाई १२ बषै कैद र एक लाख क्षतिपुर्तिको फैसला भएको छ । सो मुद्दामा पुर्पक्षकालागि थुनामा रहेका उनलाई सो सजाय तोकेको हो । जिल्ल्ला न्यायधिश लोकजंगश शाहको ईजलासले सो फैसला गरेको हो ।

        अदालका श्रेस्तेदार चिन्तामणि शर्मा अनुसार ती बालिकालाई बलत्कार गर्ने अन्य चार जना नाबलकलाई भने ८ बर्ष बाल सुधारगृहमा राख्ने फैसला भएको छ । बाल बालिका सम्बन्धी ऐनको दफा ३६ ( ४ )  अनुसार आरोपी नाबालक भए कैदकोे दुइ तिहाई मात्र सजाय भोग्नु पर्न प्रावधान छ । २०७५ माघ र फागुनमा छुट्टा छुट्टै सयममा ती बालिकालाई ६ जनाले जबरजस्तीकरणी गरेका थिए । ललाई फकाई बलत्कार गरिए पनि ती बालिकाले डर त्रासले त्यस बारे घरमा कसैलाई जानकारी दिएकी थिईनन । घटनापछि बालिकाले ३ महिना ४ दिनको गर्भ बाकेको कुरा स्वास्थ्य जाचको क्रममा भेटिएको थियो । पीडीतकी आमाले २०७६ बैशाख ११ गते आफनी नाबालिका छोरीलाई ६ जनाले बलात्कार गरेका किटानी जाहेरी दिएकी थिईन ।

        सोही आधारमा घटनाका मुख्य आरोपी योगेश श्रेष्ठ पक्राउ परेका थिए । ती बालिकालाईृ बुद्धुभुमी नगरपालिका– २ गोरुसिंगे स्थित रोयल खुस्बु होटलमा बलत्कार गरिएको थियो । होटलका मालिक बुद्धभुमी नगरपालिका– ९ ईमिलियाका युवराज भुसाल जैसीले पनि बालिकालार्ई बलात्कार गरेका थिए । किटानी जाहेरी परे देखि उनी फरार रहेको प्रहरीले जनाएको छ । उनको मुद्दा मुल्तबी राखिएको श्रेस्तेदार शर्माले बताए । ती बालिका सकुसल रहेको प्रहरीले जनाएको छ । १८बर्ष मुनीका बालबालिकाको सहमति र असहमति दुबै अवस्थामा हुने यौन काय बलात्कार हुने मुलुकी संहीतमा उल्लेख गरिएको छ । 

प्रकाशित : २८ फाल्गुन २०७६, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६