समाचार

शिवगढीको शिखरवाट महराको गर्जन :साम्राज्यवादीले फसाए तर पचाउन सकेनन्



कपिलवस्तु २९ फागुन कपिलवस्तुको सर्वाेच्च शिखर शिवगढी नजिकको रमुवादहको अवलोकन गर्दै पूर्व सभामुख कृष्णबहादुर महराले साम्राज्यवादी विदेशी शक्ति र तीनका स्वदेशी दलालले तानावाना बुनेर ध्वस्त वनाउने गरी फसाएको भएपनि आफूले अदालतवाट न्याय पाएको  दावि गर्नु भएको छ । राष्ट्रिय स्वाधिनताको विषयलाई लिएर आफुलाई फसाउन खोजिएको बताउनुभयो । गृह जिल्ला दाङ पुगेर फर्कर्ने क्रममा कपिलवस्तुको शिवराज नगरपालिका ९ रमुवादहमा कार्यक्रता सगँको भेटमा महराले अदालतले सफाई दिएकोले यसको श्रेय आमनागरिकमा जाने बताउनुभयो । दाङ रोल्पाका सबै ठाउँमा पुगेको बताउदै कपिलवस्तुको शिवगढीवासीहरु सँग २८ वर्ष पछी पहिलो पटक भेट हुदाँ खुसी भएको बताउनुभयो । रमुवादहका स्थानियहरुले महरा र उहाँकी धर्मपत्नीलाई माला लगाएर स्वागत गरेका थिए ।

        निर्वाचन क्षेत्र तथा अन्य स्थानका आम नागरिकहरुले अपार माया पाएको बताउँदै जनताको हित विपरीत कुनै कदम नचाल्ने प्रतिबद्धता जनाउनुभयो । “मलाई राष्ट्रिय स्वाधिनताको विषयलाई लिएर नियतबस फसाउन खोजिएको हो ”उहाँले भन्नुभयो “म माथि झुटो आरोप लगाइयो, ।”  उच्च अदालतले निर्दोष सावित गरेपछि आफ्नो घर परिवार र आफन्तजन संगको भेटघाटमा व्यस्त  रहेनुभएका महरा शिवराज ९ शिवगढीमा आफ्नो फुफु फुपाजुसँग भेटघाट गर्नुभएको छ । लामो समयदेखी शिवगढी आउन ईच्छा रहेको भएपनि कार्यव्यस्तताले आउन नपाएको जनाउदै लामो समय पछि आउँदा पनि जनताले गरेको माया प्रति आफु कृतज्ञ भएको बताउनुभयो । रोल्पा, प्यूठान बाट बसाईसराई गरी आएकाहरुको बाहुल्यता भएको शिवगढीमा विकास निर्माणमा आफुले विशेष ध्यान दिने उहाँले बताउनुभयो । शिक्षा स्वास्थ्य रोजगार लगाएतका विषयमा विकास गर्न आवश्यक रहेकोले विकासमा फड्को मार्नुपर्ने बताउनुभयो ।

            तिन महिना सम्म आफु जेलमा रहँदा दश हजार जना भेट्न आएको बताउनुभयो । जेलमा रहँदा धेरै जन सर्मथन पाएको भन्दै राजनितिक विषयलाई लिएर आफुलाई फसाउन शक्ति लागेको बताउनुभयो । पूर्व सभामुख महरालाई नेकपा प्रदेश सदस्य बालकराम बुढा मगर, नेकपा शिवराज नगरकमिटी अध्यक्ष दिनेश पुन ,जिल्ला सचिवालय सदस्य मिना परियार, वडा नं. ९ का वडा अध्यक्ष चुर बहादुर खड्का  लगायत नेकपाका नेता कार्यकर्ताहरुले स्वागत गरेका थिए । 

प्रकाशित : २८ फाल्गुन २०७६, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६