समाचार

शान्ति प्रवद्धनमा युवा सक्रिय हुने



नेपालगन्ज २९ फागुन ।  बाँकेका युवाहरु शान्ति प्रवद्र्धनमा सक्रिय हुने प्रतिबद्धता जनाएका छन् । नेपाल युनाईट्सको आयोजनामा नेपाल युवा परिषद, प्रदेश नं ५ र सभ्य समाज नेपालको सहकार्यमा नेपालगन्जमा भएको शान्ति निर्माण र द्धन्द्ध रुपान्तरण कार्यशालामा सो कुरा बताएका हुन् । सामाजिक सद्भाव, भाईचाराका विकास, शान्ति निर्माण र द्धन्द्ध रुपान्तरण गर्ने उद्देश्यका साथ युवाहरुलाई अहिंसा, मानवीय भाव र मेलमिलापको वातावरण सिर्जना गर्नको लागि सो कार्यशाला आयोजना गरिएको नेपाल युनाईटसका संस्थापक मोहम्मद आयातुल्ला रहमानले जानकारी दिएका छन् । सो कार्यशाला द्धन्द्ध रुपानत्रण र शान्ति निर्माणमा युवाहरुको भुमिका बारे नेपाल युनाईटसका कोषाध्यक्ष कौशिल्या सुनुवार र नेपाल युनाईटसका संस्थापक मोहम्मद आयातुल्ला रहमानले प्रशिक्षण गरेका थिए । सोही कार्यशालामा भिन्टेज कलेज अफ होटल एण्ड टुरिज्म म्यानेजमेन्टका प्रिन्सीपल गजेन्द्र मल्लले शान्ति र युवाको बारे जनकारी दिएका थिए ।

     त्यसै गरि सन्चार क्षेत्रले कसरी शान्ति ल्याउन मद्धत गर्न सक्छ भन्ने बारे सिआईएन, काठमाण्डौका पत्रकार लिलप्रकास चन्दले जानकारी दिएका थिए ।  बाँके जिल्लाका विभिन्न धर्म मान्ने युवाहरुको सहभागिता रहेको थियो । सो कार्यशालमा सहभागी युवा साहिल अन्सारीले यस्ता कार्यक्रमले सामाजिक सद्भाव कायम गर्नमा मद्धत पुग्ने आशा ब्यत गरे । त्यसैगरि अर्का सहभागी मेनका रावतले यस कार्यक्रमले एकअर्काको धर्म बारे जानकारी पाइएको र सम्पूर्ण धर्मलाई सम्मान तथा समान तवरले हेनु पर्ने बताईन् ।त्यसै गरि शान्ति सद्भाव र मेलमिलापका लागि अन्तरधार्मिक सम्वाद कार्यक्रम समेत गरिने आयोजकले बताएको छ । सो अन्तरसम्वादमा विभिन्न धर्मगुरुहरु मुस्लिम, हिन्दु, क्रिसियन, सिख र बौद धर्म०को  सहभागिता रहनेछ । त्यसैगरि नरैनापुर गाउँपालिकाको मटेहियामा स्थलगत अनुगमन पनि गरिने कार्यक्रम रहेको छ । सो अन्तरधार्मिक संवाद कार्यक्रमको आयोजना इन्टरफेत को–आपेरेशन फोरुमको सहयोग रहेको छ ।

प्रकाशित : २९ फाल्गुन २०७६, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६