समाचार

सि एण्ड सि लाई निशुल्क प्रसुती सेवाको स्विकृती



कपिलबस्तु २९ फागुन । कपिलवस्तुका गर्भवति महिला सुरक्षित प्रसुतिका लागी अब बुटबल वा जिल्ला बाहिर धाउनु पर्ने बाध्यता हटेको छ । जिल्लाको वाणगंगा नगरपालिका ४ नं. मा  निजि लगानिमा संन्चालित सि एण्ड सी अस्पतालले निशुल्क प्रसुती सेवाको स्विकृती प्राप्त गरे सगै यो समस्या हटेको हो । नेपाल सरकारको निति अनुसार बाणगंगा नगरपालिकाको स्वीकृतमा आमा सुरक्षा कार्यक्रम अन्तर्गत बर्थिङ सेन्टरको निशुल्क प्रसुती सेवा आज एक कार्यक्रमका बिच उद्धघाटन गरिएको छ । उद्धघाटन कार्यक्रममा प्रमुख अथितिको आशनबाट बोल्दै बाणगंगा नगरपालीका नगरप्रमुख मगंल प्रसाद थारुले सि एण्ड सि अस्पातालले गरेको कामको मुल्याकंन गर्दै आगामि दिनमा नगरपालिका सहयोग र सहकार्यका लागी तयार रहेको बताउनुभयो । अस्पतालको प्रचार प्रसार गर्न सञ्चारकर्मीहरुले भुमिका खेल्नुपर्ने नगरप्रमुख थारुको भनाई थियो । अस्पतालका  प्रवन्धक गोपाल घिमिरेको अध्यक्षतामा भएको उद्घघाटन समारोहमा नगरपालीकाका प्रमुख प्रशासकिय अधिकृत  चुरामणी पन्थी, विभिन्न वडाका वडा अध्यक्ष, उद्योग बाणिज्य सघंका अध्यक्ष उमानाथ पौडेल, नागरिक समाजका अध्यक्ष दोलख बहादुर पछाई विभिन्न सघं संस्थाका प्रतिनिधि, पत्रकार लगायतले शुभकामना दिएका थिए ।

                बिश्वका बिभिन्न देशहरुमा तिब्र रुपमा फैलीरहेको कोरोना भाईरस (कोभिड–१९) को संभावित जोखिमलाई मध्यनजर गर्दै अस्पताल पुर्ब तयारी अवस्थामा रहेको अस्पतालका प्रवन्धक गोपाल घिमिरेले जनाउनुभयो ।कपिलवस्तुको ४ नं. मा निजि लगानिमा संचालित एण्ड सि अस्पतालले केही बर्ष देखी कपिलवस्तु, रुपन्देही, अर्घाखाँची लगायतका ४ दर्जन बढि स्थानमा निशुल्क स्वास्थ शिविरको आयोजना गरि नमुना अस्पतालको रुपमा स्थापित हुन सफल भएको छ । २५ सैया रहेकोे अस्पतालले भिडियो एक्सरे, ईसिजी, सुगर जाचँ लगायतका सेवा पनी दिईरहेको छ । बिरामीहरुलाई सहुलियत प्रदान गर्ने उद्धेश्यले अस्पतालले प्रत्येक हप्ताको मङ्गलवार निशुल्क सुगर जाच, ५० रुपैयामै विशेषज्ञ सेवा लगायतका बिभिन्न सेवाहरु सञ्चालनमा ल्याएको जनाएको छ । 

प्रकाशित : २९ फाल्गुन २०७६, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६