रुपन्देही ३० फागुन । बुटवलमा कोरोनाको आशंकामा एक युवक लुम्विनी प्रादेशिक अस्पतालमा भर्ना भएका छन । उनलाई कोरोना भएको हो होइन अहिले नै भन्न नसकिने भएकोले आम समुदायलाई नआत्तिन चिकित्सकहरुले सुझाव दिएका छन ।
भाइरस संक्रमणको आशंकामा विहिवार एकजनालाई अस्पतालमा भर्ना गरिएको अस्पतालले पुष्टी गरेको छ । विरामीलाई अस्पताल भर्ना गर्दैमा कोरोना संक्रमण भएको भन्न नमिल्ने भन्दै ती युवकलाई आइसोलेसन वार्डमा राखेर उपचार भइरहेको अस्पतालका मेसु डाक्टर राजेन्द्र खनालले बताउनु भयो । उहाँका अनुसार अस्पताल भर्ना भएका ती युवामा कोरोना भाईरसको संक्रमणका कारण देखिने लक्षणहरु देखिएका छन् ।
उनको नमूना परिक्षणका लागि शुक्रवार काठमाण्डौं पठाईने अस्पतालले जनाएको छ । उनलाई बिहीबार मात्रै अस्पतालमा भर्ना गरिएको हो । बिरामी तामनगर स्थित एक कोरियन कम्पनीमा कार्यरत गुल्मेली रहेको अस्पताल स्रोतले जनाएको छ , यद्यपी नाम भने खुलाइएको छैन । लुम्बिनी प्रादेशिक अस्पतालमा कोरोना संक्रमण भएका बिरामीलाई उपचारका लागि राख्न दुईवटा आइसोलेशन वार्ड तयारी अवस्थामा राखिएको छ ।
प्रतिक्रिया