समाचार

यसरी घोषणा हुँदैछ शून्य पोलिथिन मुक्त नगर



रुपन्देही ३० फागुन । रुपन्देहीको तिलोत्तमा नगरपालिका नेपालमै पहिलो शुन्य पोलिथिन पूर्ण सरसफाईयुक्त स्थानिय तहको नगरपालिका घोषणा हुने भएको छ ।  विगत ८ महिनादेखि नगरपालिका र सिम नेपालको सहकार्यमा नगर क्षेत्रको १२६ वर्गकिलोमिटर भुभागवाट १२ हजार क्विन्टल फोहरजन्य पोलिथिन संकलन गरिएको हो । त्यसैगरि २ वर्ष देखि सरसफाईको क्षेत्रमा निरन्त्रर लागेर नगरपालिकालाई शुन्य पोलिथिन र पूर्ण सरसफाइयुक्त स्थानिय तहका रुपमा घोषणा गर्न सक्ने अवस्थामा पुराएको नगर प्रमुख वासुदेव घिमिरेले बताउनु भयो । 

        नगरपालिकालाई यो अभियानमा सफल वनाउन १८९ वटा टोल संस्था, नगरका ८५ वटा सामुदायिक र संस्थागत विद्यालय, स्थानिय क्लव सामाजिक संघ संस्था जनप्रतिनिधी र सिम नेपालका कर्मचारी गरि १ लाख जनाको जनसहभागिताले काम गरेको पनि नगरप्रमुख घिमिरेले बताउनु भयो । शुन्य पोलिथिन तिलोत्तमा नगर घोषणा सभा वारे जानकारी गराउन विहिवार आयोजित पत्रकार सम्मेललनमा नगर प्रमुख घिमिरेले शुक्रवार एक विशेष समारोहका बीच कृषि, पशुपन्छी तथा सहकारी मन्त्री घनश्याम भुसालले नगरलाई शुन्य पोलिथिन र पूर्ण सरसफाइयुक्त स्थानिय तहका रुपमा घोषणा गर्ने कार्यक्रम रहेको जानकारी गराउनु भयो । 

घोषणासंगै नगर क्षेत्रमा अव खुल्लारुपमा यत्रतत्र र छरफष्ट देखिने गरि पोलिथिन फ्याकिएको देख्न पाईने छैन ।सभ्य नगरपालिकाको रुपमा स्थापित भएको संकेत पनि यो अयिानले दिएको छ । यो अभियानले कृषिको उत्पादनमा वृद्धि, डेगु रोगको नियन्त्रणमा टेवा पुगेको र वातावरणीय हिसावले पनि नगरलाई सरसफाई युक्त नगर वनाउन महत्वपूर्ण टेवा पुगेको मेयर घिमिरेले बताउनु भयो ।नगरवासीमा पोलिथिनको प्रयोग गर्नु हुदैन भन्ने आनीवानीमा परिवर्तन गर्न सक्नु नै राम्रो उपलब्धी भएको र यस्ता कार्यक्रमलाई मुलुक भरी लागु गर्नेतर्फ जोड दिनुपर्नेमा सिम नेपालका अभियान्ता निपेस अधिकारीले बताउनु भयो । चुनौतिपूर्ण अभियान सफल भएको र यसलाई नियमित अनुगमन गरि व्यवहारमा सदासदाका लागि कार्यान्वय गराउन नगरपालिकालाई जिम्मेवारी थपिएको समेत उहाँले बताउनु भयो । जनश्रमदान र नगरपालिकाको लगानी गरि करोडौको लागतमा यो अभियान सफल बनाउन सकिएको नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रींले बताउनु भयो । नगरपालिकाले नगरमा संकलन हुने फोहरजन्य पदार्थलाई नगरभित्रै संचालित वास सहकारी मार्फत व्यवस्थापनको जिम्मेवारी प्रदान गरेको छ । 

प्रकाशित : ३० फाल्गुन २०७६, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६