समाचार

यसरी भयो नवलपरासीमा शेरबहादुर र शशांकको विवाद, पौडेलसमेत प्रतिरोधमा उत्रिने



नवलपरासी, ३० फागनु । नेपाली कांग्रेसमा सेलाएको गुट विवादले फेरि उग्र रुप लिएको छ । सभापति शेरबहादुर देउवाले आफूनिकटलाई जिल्ला सभापति बनाउनका लागि महामन्त्री शशांक कोइरालानिकट नेतालाई हटाएपछि विवादमाथि नवलपरासी विवादले नयाँ रुप लिएको छ । फागुन २५ गते जिल्ला सभापतिका रुपमा पदस्थापन गरिसकेका देउवानिकट विष्णु पौडेललाई सभापति बनाएर शशांकनिकट नेता तथा कार्यवाहक सभापति अर्जुन पोखरेललाई जिम्मेवारीबाट हटाइएको थियो ।  

        सभापति देउवाको यो कदमविरुद्ध शशांकसहित पौडेल पक्ष प्रतिरोधमा उत्रिने तयारीमा छन् । पौडेल पक्षले पार्टी केन्द्रीय कार्यालय सानेपामै आफूनिकटको बैठक सम्पन्न गरी सकेको छ ।  सभापति देउवाले १३ औँ महाधिवेशनबाट निर्वाचित भएपछिको नियमित कार्यकाल सकिएकै दिन विभाग गठन गरी केही पदहरुमा मनोनित गरेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले विरोध गर्दै आइरहेको छ ।  

        सभापति बनेका विष्णु पौडेल १३औँ महाधिवेशनमा केन्द्रीय सदस्य निर्वाचित सांसदसमेत रहेका देवेन्द्रराज कँडेलको जोडबलमा देउवाले सभापति बनाएको स्रोतले दाबी गरेको छ  । देउवा निकट कँडेल नेपाली कांग्रेस अनुशासन समितिको सदस्य समेत हुन् ।  

        देउवाले महाधिवेशनको नतिजा आफ्नो पक्षमा पार्न पार्टी कब्जा गर्न खोजेको आरोप पनि पौडेल पक्षले लगाएको छ ।  पहिलेको नवलपरासी जिल्ला संघीयतासँगै नवलपुर र नवलपरासी भएको छ । नवलपरासी (पूर्व)का सभापति भने विष्णु लामिछाने नै रहेका छन् । महामन्त्री कोइराला तथा पौडेल पक्षले सभापतिको यो कदमलाई विधानविपरीत ठहर गरेको छ । विधानको धारा ५० को ८ अनुसार कार्यवाहक जिल्ला सभापति हटाउन नमिल्ने पौडेल पक्षले दाबी गरेको छ । उक्त धारामा सभापतिको मृत्यु वा राजीनामापछि रिक्त भएको अवस्थामा उपसभापति कार्यवाहक सभापति हुने उल्लेख गरिएको रहेको छ ।  

प्रकाशित : ३० फाल्गुन २०७६, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६