समाचार

कोरोनाका कारण आज सम्म कतिले ज्यान गुमाए ? नेपालमा १ सहित दक्षिण एसियाली मुलुकमा ११७ संक्रमित : डब्लु.एच. ओ.



कपिलवस्तु ३० फागुन  विश्वव्यापी महामारीको रुप फैलीएको कोरोना भाईरस ( कोभिड १९) को कारण विश्व नै तर्सित वनेको छ । विश्वका शक्तिशाली राष्ट्रहरुमा समेत कोरोनाले हलचल मच्चाएको छ । विश्व स्वास्थ्य संगठनले संकटको घोषणा समेत गरेको छ । कोरोनाका कारण  १३ मार्च अर्थात फागुन ३० सम्म विश्वभर ४ हजार ९ सय ४७ जनाले ज्यान गुमाएका छन । विश्व भरी १ लाख ३२ हजार ५ सय ६७ जना कोरोनाको संक्रमणमा परेका छन । विश्वको १ सय २३ राष्ट्र कोरोना भाईरसका कारण प्रभावित वनेको छ ।

        कोरोनाको कारण सवै भन्दा वढी प्रभावित चिन वनेको छ । चिनमा ८०९८१ जना संक्रमित मध्ये ३१७३ जनाले ज्यान गुमाएका छन । त्यसै गरी ईटालीमा १५११३ जना संक्रमित मध्ये १०१६ जनाको मृत्यु भएको छ । ईरानमा संक्रमितको संख्या १००७५ पुगेको छ । जस मध्ये ४२९ ले ज्यान गुमाएका छन । 

        दक्षिण कोरीयामा ७९७९ संक्रमित मध्ये ६६ जनाले ज्यान गुमाएका छन । स्पेनमा २९६५ संक्रमित मध्ये ८४ जनाको मृत्यु भएको छ । फ्रान्समा २१७० मा ६१ संक्रमितको मृत्यु भएको छ । त्यसै गरी जर्मनमा २३६९ मध्ये ६ जनाको मृत्यु भएको छ । अमेरीकामा १२३६ संक्रमित मध्ये ३६ जनाको मृत्यु भएको छ । (स्रोत : विश्व स्वास्थ्य संगठन )

दक्षिण एसीया को अवस्था के छ ?

         दक्षिण एसीयाली ८ मुलुकमा कोरोनाको संक्रमित फेला परेका छन । जम्मा ११७ जनालाई कोरोना संक्रमण रहेको छ । दक्षिण एसीयामा कोरोनाको कारण कसैको पनि मृत्यु भएको छैन । विश्व स्वास्थ्य संगठनको वेभ साईट अनुसार भारतमा ७४ जना , पाकिस्तानमा २० जना मालदिभ्स ८ जना, अफगानिस्तान ७ जना, वंगलादेस ३ जना, श्रीलंका ३ जना, भुटान १ जना र नेपालमा १ जना संक्रमित रहेको विश्व स्वास्थ्य संगठनको वेभसाईटमा उल्लेख गरीएको छ । नेपालमा जनवरी २५ मा एक जना संक्रमण रहेको थियो । हाल उनी पुर्ण रुपमा निको भएको राष्ट्रीय जनस्वास्थ्य प्रयोग शालाको सुचना अधिकारी राजेश कुमार गुप्ताले वताउनु भयो ।  


प्रकाशित : ३० फाल्गुन २०७६, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६