समाचार

कोरोना बारे आफ्नै सरकारको निर्णय विरुद्ध बोल्दै मन्त्री बराल



बुटवल, ३० फागुन । कोरोना भाईरसको जोखिम नेपालमा पनि बढिरहेको समाचार आईरहेको बेला प्रदेश ५ सरकारले कोरोना जोखिम रोक्न विशेष तयारी गरिरहेको जनाएको छ । प्रदेश सरकारका तर्फवाट सामाजिक विकास मन्त्री सुदर्शन बरालले शुक्रवार बुटवलमा पत्रकारहरुसग अन्तरक्रिया गर्दै प्रदेश सरकार कोरोना भाईरसको जोखिम रोक्न र नियन्त्रण गर्न सचेत र सजग रहेको बताउनु भयो । 

        तर उहाँले प्रदेश सरकार आफैले गरेको निर्णयको विरोध गर्नेगरी कोरोनाकै आशंकामा नेपालमा भेला र सभा रोक्न आवश्यक नरहेको बताउनुभयो । मन्त्री बरालले नेपालमा कोरोनाको कुनै असर नरहेकोले भेला, सभा र जमघट रोक्न आवश्यक नरहेको बताउनु भयो ।  स्मरणीय छ प्रदेश सरकारले प्रदेशभरी कुनैपनि सभा समारोह आयोजना नगर्ने निर्णय गरेको छ तर मन्त्री बरालले आफ्नै सरकारले गरेको निर्णयको विपरित हुनेगरी बोल्नु भएको हो । चीन वा अन्य मुलुकबाट भाईरस बोकेर नआउँदासम्म कुनैपनि नेपाली डराउन आवश्यक नभएको मन्त्री बरालले दावी गर्नुभयो । 

        उहाँले भारतसंग नाका जोडिएका प्रदेशका विभिन्न सिमावर्ती ६ जिल्लाका ठूला तथा साना नाकाहरुमा हेल्प डेस्क संचालनमा आईसकेको जानकारी दिनुभयो । उहाँले प्रदेशको बाँके, दाङ र रुपन्देहीमा सुविधा सम्पन्न क्वारेन्टाइन स्थापना गर्ने तयारी भईरहेको जानकारी गराउँदै क्वारेन्टाइन ब्यवस्थापनका लागि सुरक्षा निकायसंग छलफल सुरु गरिएको समत जानकारी दिनुभयो । मन्त्री बरालले चीनमा समेत जनमुक्ति सेनाका स्वास्थ्यकर्मीले प्रभावितको उपचार गरेको भन्दै नेपालमा सुरक्षा संयन्त्रको जनशक्ति सहित स्वास्थ्यकर्मीको टोली समेत उपचारमा परिचालन गर्न सकिने बताउनु भयो ।

        त्यसैगरी मन्त्री बरालले नेपालमा अझैपनि कोरोना भाइरसको प्रकोप नदेखिएकोले आवश्यक हल्लाको भरमा नलाग्न र त्यस प्रकारको समाचारको खेती नगर्न पनि सञ्चारका माध्यमहरुलाई अनुरोध गर्नुभयो । प्रदेश स्वास्थ्य निर्देशनालय अस्पताल विकास महाशाखाका निर्देशक डा. उमाशंकर प्रसाद चौधरीले प्रदेशमा संचालनमा रहेका हेल्थडेष्कका बिषयमा प्रकाश पार्नुभएको थियो । लुम्बिनी प्रादेशीक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. राजेन्द्र खनालले कोरोनाको संक्रमणको आंशकामा लुम्विनी प्रादेशिक अस्पतालमा एक विरामी भर्ना भएपनि उनमा कोरोना संक्रमण नभएको संकेत देखिएको जानकारी गराउनु भयो ।प्रदेश सरकारले नेपाल भारत सिमानाकाका डेस्कहरुमा शुक्रवारसम्म बिहिबारसम्म १० हजार बढी स्वास्थ्यकर्मीको स्वास्थ्य परिक्षण गरिएको र बेलहिया नाकाबाट नेपाल प्रवेश गर्ने २ हजार ८ सय जनाको सिमामा स्वास्थ्य परिक्षण भएको अन्तरक्रियमा जानकारी गराईएको थियो ।

प्रकाशित : ३० फाल्गुन २०७६, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६