ब्रेकिंग न्युज

संविधान दिवसको अवसरमा मालिका मन्दिर परिसरमा वृक्षा रोपण वातावरण संरक्षण सँगै हरियाली प्रवद्र्धनमा जोड



कपिलवस्तु ४ असोज

संविधान दिवसको अवसरमा बाणगङ्गा नगरपालिका–९, बक्सिसपुर स्थित मालिका मन्दिर परिसरमा विभिन्न प्रजातिका फलफूलका बिरुवा रोपिएको छ।
सिद्धार्थ सामाजिक विकास केन्द्रको आयोजना, स्टोमा फाउन्डेसनको सहयोग तथा बाणगङ्गा नगरपालिका–९ नम्बर वडा कार्यालयको समन्वयमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा बाणगङ्गा–९ का वडा अध्यक्ष कमल पौडेल, भलवाड स्वास्थ्य चौकीका प्रमुख जित विकास रायमाझी, टोल विकास समितिका अध्यक्ष, समाजसेवी तथा संवाद कार्यक्रमका किशोरीलगायतको सहभागिता रहेको थियो।
मालिका मन्दिर परिसरमा फलफूलका विभिन्न प्रजातिका बिरुवा रोप्दै सार्वजनिक स्थलको हरियाली प्रवद्र्धन तथा वातावरण संरक्षणमा योगदान पु¥याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।
वृक्षारोपणले धार्मिक तथा सार्वजनिक स्थलको सौन्दर्य अभिवृद्धि गर्नुका साथै वातावरण संरक्षणप्रति स्थानीय समुदायमा सचेतना बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सामाजिक अगुवा तथा किशोरीहरूको सहभागिताले वातावरण संरक्षणमा सामूहिक जिम्मेवारी र सहकार्यको सन्देश दिएको छ।

प्रकाशित : ४ आश्विन २०८३, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६